हरिवन,असार ७ – सर्लाहीको हरिवन नगरपालिका–१०,मा सोमवार वडा कार्यालय भनको शिलान्यास गरिएको छ । हरिवन नगरपालिकाका प्रमुख (मेयर) गणेश प्रसाद प्रसाईले वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् । नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्यतामा भएको शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र लगायत अन्य दलका स्थानीय नेताकार्यकर्ता तथा हरिवन नगरका अन्य वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

हरिवन नगरपालिका वडा नं. १० सुखेपोखरीस्थित कृष्णप्रणामी टोलमा वडा कार्यालय भवनको शिलान्यास गरिएको हो । पन्चेबाजाकोसाथमा बिहान ९ः३० को साईतमा भएको शिलान्यास कार्यक्रममा स्थानीको उल्लेख्य सहभागी रहेको थियो ।

चालु आर्थिक वर्षमा दुई तले वडा कार्यालय भवन निर्माणका लागि संयिघ सरकारबाट २५ लाख रुपैया प्राप्त भएको वडाध्यक्ष मैनालीले चियोचर्चो खबरलाई बताए । निमार्ण सम्पन्न गर्न अपुग रकम आगामी आर्थिक वर्ष थप विनियोजन गरेर भवनको निमार्णकार्य सम्पन्न गरिने वडाध्यक्ष मैनालीले बताए ।