बरहथवा, असार ५—प्रदेश नम्बर २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्राी विरेन्द्र प्रसाद सिंहले बरहथवा नगरपालिका वडा नम्बर २ मा रहेको खेलमैदानलाई रंगशालामा स्तरोन्नती गर्ने बताएका छन ।
मन्त्रीको जिम्मेवारी सम्हाले पछि आफ्ना मतदातासंगको भेटघाटमा रहेका मन्त्री सिंह शनिवार (आज) बरहथवाका पुगेका थिए । उनलाई त्यहाँका जनताले २० केजीको माला लाएर स्वागत गरेका छन् ।
मन्त्री सिंहले उनको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै आफुले सुरुगरेका सवै योजनालाई पुरागरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफुलाई विश्वास गरेका जनतालाई कहिले पनि निराश नबनाउने प्रतिबद्धता व्यक्त गरे । आफुले मन्त्रालयको जिम्मेवारी पाएसंगै जिम्मेवारी पनि बढेको र यस क्षेत्रको विकासमा कसरी सहयोग पुर्याउन सकिन्छ भनेर आफु लागिपरेको मन्त्री सिंहले बताए । मन्त्री भए पछि केहिदिन देखि आफ्नै गृह गाउँमा धनकौलमा रहेका मन्त्री सिंहलाई क्षेत्र नं.४ का जनताले घरमै पुगरेर बधाई दिईरहेका नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामआश्रय साहले बताए । आज मन्त्री सिंहलाई नेपाली कांग्रेस बरहथवा नगरपालिका वडा नम्बर १,२,३ र ४ ले बधाई तथा स्वागत गरेको हो ।