हस्तान्तरीत स्वास्थ्य उपकारण ।

मलंगवा,असार ४— जि.पि. कोईराला अध्ययन केन्द्रको समन्वयमा नेपाल विद्यार्थी संघ सर्लाहीले जिल्ला अस्पताल मलंगवालाई १० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
जि.पि कोईराला अध्ययन केन्द्रका अध्यक्ष मनिष रायमाझीको पहलमा खालसा इन्टरनेशनलबाट प्राप्त स्वास्थ्य उपकरण मलंगवा अस्पताललाई प्रदान गरिएको हो ।
प्राप्त स्वास्थ्य उपकरण खालसा इन्टरनेशनलका टिमका सदस्य रौनक सिंह र साजिदा खानले जिल्ला अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.नवल किशोर झालाई हस्तान्तरण गरे । हास्तान्तरित स्वास्थ्य उपकरणहरुमा पाँच थान अक्सिजन कन्सन्टेटर र पच्चिस थान अक्सिोमिटर रहेका छन ।
कोरोना महाव्याधिका कारण संक्रमित बिरामीहरुको उपचारमा अक्सिजनको अभाव नहोस भनेर आफुहरुको पहलमा काठमाण्डौंको खालसा एड इन्टरनेशनल नामक संस्थाले उक्त स्वास्थ्य उपकरण राहत स्वरूप प्रदान गरेको युवा नेता मनिष रायमाझीले चियोचर्चो खबरलाई जानकारी दिए ।
प्रदेश सरकारको अनुदानमा जिल्ला अस्पताल मलंगवामा अक्सिजन प्लान्टको निर्माणकार्य भईरहेको भए पनि निमार्ण सम्पन्न हुन समय लाग्ने छ । प्राप्त अक्सिजन कन्सन्टेटरले बिरामिको उपचारमा सहयोग पुग्ने निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.नवल किशोर झाले बताए ।
स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा जि.पि कोईराला अध्ययन केन्द्रका अध्यक्ष मनिष रायमाझी,नेविसंघ सर्लाहीका नेताहरु निरज कार्की,समीर मिकरानी, कृष्ण रायमाझी,कैमुल मिकरानी,मुन्ना यादव, लगायतको उपस्थिति रहेको थियो ।