स्वास्थ्य केन्द्रमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै माअेवादी केन्द्रका नेताहरु ।

लालबन्दी, असार १—नेकपा (माओवादी केन्द्र) सर्लाहीले मंगलवार (आज) जिल्लाका बिभिन्न स्वास्थ केन्द्रहरुमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । पार्टिको केन्द्रिय निर्देशन अनुसार जिल्ला कमिटी र सर्लाही काठमाण्डौं सम्पर्क मञ्ले कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सुरक्ष सामग्री वितरण गरेको युवा नेता श्याम श्रेष्ठले चियोचर्चो खबलाई जानकारी दिए ।
श्रेठका अनुसरा जिल्लाको लालबन्दी,ईश्वरपुर,हरिपुर ,चक्रघट्टामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो ।
वितरित स्वास्थ्य सुरक्षा सामग्रीमा (पीपीई) १५ थान थर्मल गन ५ वटा पल्स अक्सो मिटर १० वटा कोभिड एजी किट २५० वटा फेस माक्स ५०० वटा र एन ९५ मास्क ८०० वटा रहेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा वडा नं. ९ का वडाध्यक्ष गोपाल घिमिरे र स्वास्थ केन्द्र प्रमुख डा. प्रगति रानालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी अर्का केन्द्रीय सदस्य अचुतम काफ्ले सर्लाहीका सचिव कमल बुढाथोकीले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका थिए ।
प्राथमिक स्वास्थ केन्द्र लालबन्दीलाई माओवादी केन्द्रले पीपीई ३ थान थर्मल गन १ थान पल्स अक्सो मिटर २ वटा कोभिड एजी किट ५० वटा फेस माक्स ५० वटा र एन ९५ मास्क १७० वटा प्रदान गरेको छ । स्वास्थ्य सुरक्षा सामग्री वितरण कार्यक्रममा नेकपाका नेताहरु अर्जुन पन्त, सन्देश श्रेष्ठ, सावित्री बुढाथाेकी, अर्जुन जर्गा,ज्ञानु थापा,शान्ता राणा, सर्लाही काठमाडौं सम्पर्क मञ्चका सन्तोष दाहाल लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।