लालबन्दी,जेठ ३१—नेकपा एमाले जिल्ला कमिटी सर्लाहीले २० औं विस्तारित वैठक भर्चुअल माध्यमवाट सम्पन्न गरेको छ । बैठकमा प्रमुख अतिथि एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल,पार्टी पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी, केन्द्रीय सदस्य लक्ष्मण पौडेलले सम्वोधन गरेका थिए । बैठक पछि निर्णहरु सार्वजनिक गर्न एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै एमाले जिल्ला कमिटी अध्यक्ष रेवती पन्तले भर्चुअल बैठकमा सहभागी अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
के के गर्याे त ? नेकपा एमाले जिल्ला कमिटीको विस्तारित बैठकले निर्णय :—
एमाले जिल्ला अध्यक्ष रेवती पन्तको अध्यक्षता तथा सचिव वेची लुंगेलीले संचालन गरेको वैठकले जिल्ला कमिटी सदस्य रघुनाथ चौधरी एवं ललितादेवी चौधरी तथा कोभिड र अन्य कारणले मृत्युवरण गर्ने सवैप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा पार्टीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल र कोभिड र अन्य कारणले विरामी भएका अन्य सवैको स्वास्थ्य लाभको कामना गरिएको छ । ‘विरामी भई अस्पताल भर्ना हुनु भएकाले उहाँको सिघ्रस्वास्थ्य लाभको कामना गर्दछौ,‘ विज्ञप्तिमा भनिएको छ ।
सर्वोच्च अदालतले पार्टीवाट निर्वाचित कर्णालीका ४ जना सांसदलाई पुनवर्हाली गर्ने क्रममा नेकपा एमालेमा हाल एक पक्षिय रुपमा वनाईएको कथित आयोजक कमिटीलाई अमान्य ठहर गर्दै २०७४ जेठ २ गतेको केन्द्रीय कमिटी मात्र आधिकारिक भनेकोले त्यसै आदेशलाई अक्षरश टेकेर भावनात्मक रुपमा पार्टी एकता गर्न बैठकको निर्णयमा भनिएको छ । निर्णयको विरुद्ध पुनरावलोकनमा जाने वा अन्य वहानावाजी गरि पार्टी फुटलाई मलजल नगर्न बैठकले जोडदार माग गरेको छ । यसविचमा भावनात्मक रुपमा पार्टी एक हुने प्रतिक्षा गरिएको र कोभिडको समस्या पनि रहेकाले संगठानात्मक काम रोकिएकोमा अव अवस्था हेरि चाडै स्थानीयतहसम्मका कमिटी गठनको प्रकृया सुरु गर्ने वैठकले निर्णय गरेको छ ।
Home मुख्य समाचार नेकपा एमाले सर्लाहीको २० औं विस्तारित वैठक भर्चुअल माध्यमवाट सम्पन्न : यस्ताछन्...