लालबन्दी,जेठ ३१— सर्लाहीको लालबन्दी ९ सुन्दर बस्ती र वडा नं ३ शिस्वामा विपन्न नागरिकलाई(आज) सोमवार राहत सामग्री तिरण गरिएको छ । कोरोना महाव्याधिका कारण निषेधाज्ञा जारी भए पछि रोजगारी गुमाएर घरमै बस्न बाध्य लालबन्दीका विपन्न नागरिकलाई राहत पुर्याउने उद्देश्यले लालबन्दी ८ मा रहेको ट्रान्सफर्म नेपाल नामक गैरसरकारी संस्थाले बिभिन्न संस्थासंगको सहकार्यमा लालबनदी ९ सुन्दर बस्तीका ८० परिवार र वडा नं. ३ का ४० परिवारलाई राहत साम्रगी वितरण गरेको हो ।
ड्रप अफ लाईफ र चाईना फाउण्डेसन अफ पोभर्टि एलिभिएसनको सहयोगमा ३ लाख ७५ हजार मूल्य बराबरको खाद्य सामग्री खरिद गरी वितरण भईरहेको ट्रान्सफर्म नेपालका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकीले चियोचर्चो खबरलाई जानकारी दिए ।
उनका अनुसार लालबनदीमा २ सय ५० विपन्न परिवारलाई खाद्य साम्रगी वितरण गरिने छ । प्रति परिवार साढे बाह्र किलो जिरामसीनो चामल २ किलाे दाल र १ लिटर तेल वितरण गरिएको सस्थाका प्रवन्धक रविन्द्र दासले बताए । बाँकी रहेको खाद्य सामग्री मंगलवार र बुधवार लालबन्दीकै १४ र १५ नं. वडाका १३० परिवारलाई वितरण गरिने संस्थाले जनाएको छ ।
खाद्य सामग्री वितरण कार्यक्रममा लालबन्दी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गोपाल घिमिरे, लालबन्दी उद्योग वाणिय संघका अध्यक्ष कल्याण कुमार जोशी वडा सदस्य सन्तोष पौडेल लगाएतको सहभागिता रहेको अध्यक्ष बलम्पाकीले जानकारी दिए ।