कोरोना परीक्षण शिविरमा निःशुल्क परीक्षाण गराउदै स्थानीय ।

लालबन्दी,जेठ ३१–नेकपा माओवादी केन्द्रले सर्लाहीले जिल्लाका विभिन्न स्थानमा कोभिड परीक्षण तथा परामर्श स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जिल्लाका बागमती, बरहथवा, हरिपुर र लालवन्दीमा निःशुल्क कोरोना परीक्षण शिविर तथा परामर्श सेवा प्रदान गरेको हो । पार्टीका केन्द्रीय प्रवक्ता नारायणका श्रोष्ठले काठमाण्डौंबाट स्वास्थ्यकर्मी लिएर आएका र गाउँ गाउँमै पुगेर सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको युवा नेता श्याम श्रेष्ठले जानकारी दिए ।
पार्टीले शनिवार हरिवनको ताइवान बस्ती, बरहथवाको सहनी धर्मशाला र बागमतीको कर्मैया कोभिड अस्पतालमा कोरोना परीक्षण शिविर संचालन गरेको थियो । त्यस्तै आईतवार लालबन्दी नगरपालिका–१७, रानिगन्जस्थित फौदसिंह माध्यमिक विद्यालय र हरिपुर नगरपालिका–१, जानकिनगर रेन्जर टोलमा कोरोना परीक्षण तथा मरामर्श शिविर संचालन गरिएको युवा नेता श्रेष्ठले बताए ।
जिल्लाको ५ स्थानमा ३५४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए । लालबन्दी १७ रानिगन्जको शिविरमा ११५ जना र जानकीनगर शिविरमा ७० जनाको परीक्षण गर्दा २७ जनामा कोरोना सङ्क्रमण पाइएको छ । परीक्षणका लागि शिविरमा आएकाहरुलाई देखिएको लक्षण र स्वास्थ्य समस्याका आधारमा निःशुल्क औषधि प्रदान गरिएको सचिव बुढाथोकीले बताए ।


सर्लाही काठमाण्डौ सम्पर्क मंचको पहल थता नेकपा माओवादी केन्द्र सर्लाहीको सहकार्यमा भएको स्वास्थ्य शिविर मा प्रवक्ता श्रेष्ठ, केन्द्रीय सदस्य प्रल्हाल बुढाथोकी, अर्का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामेश्वर राय यादव, अच्यूतम काफ्ले जिल्ला कमिटिका पदाधिकारी,निर्वाचित वडा अध्यक्ष तथा युवा नेताहरु अर्जुन पन्त,सन्तोष दाहाल, श्याम श्रेष्ठलगाएतको सहभागिता रहेको थियो । सर्लाहीमा शिविर सम्पन्न गरेर पार्टी प्रवक्ता श्रेष्ठ आइतवार दिउँसो महोत्तरीको बर्दिवासतर्फ पुगेका छन् ।