कृष्ण थपलिया
जेठ ३०—सर्लाहीको बागमती नगरपालिकामा रहेको मानव निर्मित तलमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीले आईतवार (आज) बाढी तथा डुबान प्रभाविलको उद्धार संम्वन्धि संयुक्त अभ्यास गरेका छन् ।
बागमती नगरपालिका वडा नं. १२ मा रहेको (भरत) तालमा सर्लाहीका सुरक्षाकर्मीले संयुक्त अभ्यास गरेका हुन । संयुक्त अभ्यासमा रेडक्रसको एउटा टोलिको पनि सहभागिता रहेको थियो ।
प्रदेश नं २ को सर्लाही बाढी, डुबान र कटानको दृष्टिले उच्च जोखिममा रहेको जिल्लाहो । सर्लाहीका नागरिकले यहाँका बागमती,लखनदेही,कालिन्जोर ,फुल्जोर,झिम नदी नदी लगाएतका ठूला साना नदीका कारण बर्सेनि समस्या झेल्दै आएका छन् । जिल्ला सदरमुकाम मलंगवालगाएत जिल्लाको दक्षिण पश्चिम क्षेत्रका नागरिकले वर्षाको समयमा बाढी तथा डुबानको समस्या झेल्न बाध्य हुनेगरेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा चाडैनै मौसमी वर्षाको संकेत गरिरहदा जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा विपद् जोखिम न्यूनिकरण र उद्धारको संयुक्त अभ्यास गर्नुलाई सर्लाहीका नागरिकले अर्थपूर्णरुपमा लिएका छन् ।
अभ्यासका क्रममा सुरक्षाकर्मीले एकिकृत रुपमा रहेका रेसक्यु सामग्रीहरुलाई सुचारु अवस्थामा रहे नरहेको को जाँच गरेका हुन । मनसुनी बर्षाबाट आउने बाढी र डुवानबाट हुने जनधनको क्षतिलाई न्यूनिकरण गर्न यस किसिमको संयुक्त अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले चियोचर्चो खबरलाई बताए ।
अभ्यासको क्रममा सुरक्षाकर्मीको संयुक्त टोलिले मोटर बोट, बोट, पानी खाएर फ्यालिएका बोलबाट बनाईएको डुंगा,बासको डुंगा र लाईफ ज्याकेटको साहरामा पौडने तथा उद्दार गर्ने अभ्यास गरेका थिए । अभ्यास कार्यक्रममा बागमती नगरपालिका मेयर भरतकुमार थापा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ,तथा जिल्ला स्थित सुरक्षाकर्मीका प्रमुखहरुको सहभागिता रहेको थियो ।