लालबन्दी, जेठ २९—जनज्योति माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक रेणुकान्त ढुंगानाको कोभिडको कारण शुक्रवार साझँ निधन भएकहो छ । सर्लाही लालबन्दि ७ निबासी ढुंगानाको ८१ वर्षको उमेरमा बिराटनगरको न्यूरो अस्पतालमा निधान भएको हो ।
एक साता अघि सामान्य ज्वरो आए पछि एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनका ज्वाई माधव प्रसाद खरेलका अनुसार मुटु रोगका बिरामिसमेत रहनुभएका ढुंगानालाई उपचारको लागि जानकी मेडिकल कलेजमा लगिएको मा त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारको लागि बिराटनगरको न्यूरो अस्पतालमा लगिएको थियो ।
ढुंगानाले जनज्योति माध्यमिक विद्यालय लालबन्दीमा २०३७ साल देखि २०५९ साल सम्म २२ वर्र्ष प्रधानाध्यापक भाई सेवा गरेका उनिसंगै लामो समय काम गरेका शिक्षक भिम जर्घा मगरले जानकारी दिए । जनज्योति बहुमुखी क्याम्पस ललाबन्दीका पूर्व अध्यक्ष ,रोडक्रस, ब्रम्हकुमारी राजयोग, साहितिक संघसस्थामा समेत आवद्धभई लालबन्दीको मात्र नभई यस क्षेत्रकै शैक्षिक उन्नयन र सामाजिक बिकासमा ढुंगानाले महत्वपूर्ण योगदान पु¥याएका अर्का शिक्षक चेत मगरले चियोचर्चो खबरलाई जनकारी दिए ।
मृतक ढुंगानाको पार्थिव शरीर स्वास्थ्य मापडण्ड अपनाई आजै बागमती नदी किनारमा दाहसंस्कार गरिने उनका ज्वाई समेत रहेका जनज्योति बहुमुखी क्याम्पसका उपाध्यक्ष माधव प्रसाद खरेलले जानकारी दिए ।
उनको असामयी निधनले समाजमा अपुरणिय क्षति पुगेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत शोक तथा श्रद्धाञ्जली ब्यक्त भएका छन् ।