लालबन्दी,जेठ २८ –प्रदेश सरकारको नवनियुक्त महिला, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहलाई शुक्रवार उनकै गृहजिल्ला सर्लाहीमा स्वागत गरिएको छ ।
मन्त्री नियुक्त भए पछि पहिलो पटक आफ्नो जिल्लामा आएका सिंहलाई रानीगन्ज र उनको आफ्नै गाउँ धनकौलमा छुट्टाछुट्टै कार्यक्रममा स्वागत गरिएको हो ।
सर्लाही क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित ४२ वर्षीय सिंहले बुधवार राती प्रदेश नं.२ सरकारको महिला, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
मन्त्री सिंहलाई आज लालबन्दी १७ रानीगन्जमा कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, नेपाली कांग्रेस लालबन्दी नगर सभापति प्रशान्त आचार्य, प्रदेश सभा सदस्यका प्रत्यासी सेख सहदुल्ला, तथा अफुलागाएत नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले फूलमाला, अबिर र खादा लगाईदिएर स्वागत गरेका लालबन्दी १७ रानीगन्जका वडा अध्यक्ष नवराज अधिकारीले चियोचर्चो खबरलाई जानकारी दिए ।
मन्त्री सिंहलाई उनकै गाउँ धनकौलमा पनि एक कार्यक्रमका बीच पार्टीका नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका नेपाली कांग्रेस सर्लाही क्षेत्र नं.४ का क्षेत्रिय सभापति एवम् धनकौल गाउँपालिका का अध्यक्ष रामआश्रय साहले जानकारी दिए ।