गोडैता, जेठ २७—सर्लाहीको गोडैतामा गए साझँ भतिजोले काकाको टेम्पोमा आगो लगाई दिएका छन् ।
गोडैता नगरपालिका वडा नं. ७ का सन्तोष झाले आफ्नै घर अगाडी बाटोको छेउमा पार्किङ गरि राखेको ना.२ ह ४४९५ नं.टेम्पोमा सोहिठाउँ बस्ने ३२ बर्षिय नातामा भतिज पर्ने भगवान झाले आगोलगाएका प्रहरीले जनाएको छ ।
पैसा लेनदेनको बिषयलाई लिएर टेम्पोमा आगो लगाएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई आगो लगाउने भगवान झालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।