कांग्रेसका नवनियुक्त मन्त्रीहरु

सर्लाही,जेठ २६ — नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा कांग्रेस प्रदेश २ सरकारमा सहभागी भएको छ । कांग्रेस संसदीय दलका नेता यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यस्तै पर्साबाट निर्वाचित सांसद ओमप्रकाश शर्माले ऊर्जा र खानेपानी मन्त्रालय र सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित सांसद वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।
बुधबार साँझ साढे ७ बजे प्रदेश प्रमुख राजेश झाले कांग्रेसका नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराउँने कार्यक्रम तय भएको भए यो समाचार तयार पार्दा सम्म शपथ ग्रहण नभएको एक संञ्चार कर्मिले चियोचर्चो खवरलाई जानकारी दिए ।