कृष्ण थपलिया
मलंगवा, जेठ,२५— चीन सरकारबाट अनुदानमा प्राप्त (भेरोसेल) खोप मंगलवार (आज) सर्लाहीमा पनि लगाइँदैछ । जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहलाई प्राथमिकतामा राखेर खोप लगाईने जिल्ला अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन डा.नवलकिशोर झाले चियोचर्चो खबरलाई जानकारी दिए ।
मेडिकल सुपरिटेन्डेन डा. झाका अनुसार जिल्लामा अहिले ६ हजार जोड खोप प्राप्त भएको छ । प्राप्त खोप जिल्लाका मलंगवा,अचलगड,बरहथवा,कविलासीको जमुनिया लालबन्दी,ईश्वरपुर र हरिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पर्क गरेर आज र भोलि पनि लगाउन सकिने छ ।
निषेधाज्ञाका कारण सवै स्वास्थ्य केन्द्रमा खोप पुर्याउन नसकिएको भए पनि भोली साँझ सम्म जिल्लाको सवै स्वास्थ्य केन्द्रहरुमा खोप पुर्याइने निमित्त प्रमुख झाले जानकारी दिए ।
अहिले खोप नपुगेका गाउँपालिका /गरपालिका का नागरिकले पनि खोप पुगेका नजिकको गाउँपालिका /नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर खोप लागाउन सक्ने निमित्त प्रमुख झाले बताए ।
जिल्लामा यस अघि ६० हजार भन्दा बढि नागरिकले पिहिलो मात्रा खोप लगाएका र अझै ५३ हजार नागरिकलाई खोपको दोश्रो मात्रा लगाउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका खोप सुपरभाईजर रामदुलार यादवले जानकारी दिए । यस अघि ५५ देखी ६० वर्ष उमेर समुहका नागरिकलाई खोप लगाउने भनिएको भएपनि ५५ वर्ष देखी माथिका धेरै जसोले खोप लगाई सकेकाले अहिले आएको ६ हजार डोज खोप ले पनि ६२ देखि ६४ वर्ष उमेर समूहका सवैलाई पुग्न सक्ने खोप सुपरभाईजर यादवको अनुमान छ ।
अहिले लगाईने (भेरोसेल) खोप गर्भवती महिला ,मुटुका रोगी,क्यान्सरका बिरामी र अन्य कडाखालका रोगी बाहेक सवैले लगाउन सक्ने सुपरभाईजर यादवको भनाई छ ।