लालबन्दी,जेठ २४—योङ कम्युनिष्ट लीग, नेपाल सर्लाहीले सोमवार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै व्यापार घाटा न्यूनीकरण गर्न ढुङ्गा, गिट्टी र बालुवा निर्यात गर्ने सरकारको निर्णयको बिरोध जनाएको छ ।
सर्लाही संयोजक संजय पाचे र इन्चार्ज समिर बराइलीद्वारा जारी विज्ञप्तिमा चुरे विनाशले तराई क्षेत्रमा ठुलो प्राकृतिक संकट आउने र तराई/मधेस मरुभूमि हुने निश्चित भएकाले निर्णय फिर्ता लिन माग गरेका छन् । चुरे विनाशले अन्नको भण्डार तराईलाई प्रत्यक्ष असर पार्ने विज्ञप्तिमा उल्लेख छ ।
सर्लाही जिल्लाअन्तर्गतका बागमती, लखनदेही, कालिन्जोर, फुलजोर तथा बाँकेलगायतका नदीबाट नदीजन्य पदार्थको अत्यधिक दोहनबाट वर्षेनी बाढी, पहिरो र डुवानको समस्या भोगिरहेका सर्लाहीवासीलाई यस निर्णयले थप क्षति हुनेमा दुईमत नरहेको विज्ञप्तिमा भनिएको छ ।
‘अहिले विश्वव्यापी बनेको कोभिडका कारण देश महामारीको चपेटामा परेको बेला जनतालाई राहत दिनुको साटो चोरबाटोबाट ल्याइएको बजेटमार्फत् (शिवालिक) चुरे सक्ने सरकारको निर्णयको हामी घोर भत्र्सना गर्दछाै”,विज्ञप्तिमा भनिएको छ । निर्णय फिर्ता नलिए सङ्गठन जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने विज्ञप्तिमा उल्लेख छ ।
Home मुख्य समाचार योङ कम्युनिष्ट लीग,नेपाल सर्लाहीद्वारा ढुङ्गा, गिट्टी र बालुवा निर्यात गर्ने सरकारको निर्णय...