लालबन्दी,जेठ २४—नेपाल सरकारद्वारा आर्थिक वर्ष ०७८÷०७९ को लागि सार्वजनिक गरिएको बजेटका विषयलाई लिएर फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा विभिन्न कार्यक्रमहरू कसैको पहल कदमीमा छनौट भएको र बजेट बिनियोजन भएको भन्ने जस्ता भ्रामक र सर्वसाधरणलाई झुक्याउने तथा सस्तो प्रचारबाजी गरेको भन्दै लालबन्दि नगरपालिका का मेयर मान बहादुर खड्काद्वारा आईतवारजारी गरिएको ध्यानाकर्षण पत्र प्रति लालबन्दीका स्थानीयले ब्यापक असन्तुष्टि प्रकट गरेका छन् । सामाजीक सञ्जाल फेसबुकमा समेत सार्वजनीक भएको मेयर खड्काद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रका बिषयमा स्थानीयले सामाजीक सञ्जाल मार्फतनै टीकाटिप्पणी गरेका छन् ।

सामाजीक सञ्जालमा व्यक्त टीकाटिप्पणी :-


केही दिन अघि नेपाल सरकारद्वारा आर्थिक वर्ष ०७८÷०७९ को लागि बजेट सार्वजनिक गरेलगत्तै ललाबन्दी नगरपालिका ६ का स्थानीय समेत रहेका र हाल मन्त्रालयका अधिकृत टेक प्रसाद भट्टराई (बाबुराम) ले सामाजिक सञ्जाल फेसबुक मार्फत लालबन्दी नगरपालिका वडा नम्बर ६ मा मनमोहन सामुदायिक अस्पतालको लागि बिशेष अनुदान रु १ करोड ६६ लाख र बित्तिय हस्तान्तरण मार्फत रु ७५ लाख गरि आर्थिक वर्ष २०७८÷०७९ मा रु २ करोड ४१ लाख बिनियोजन भएको उल्लेख गरेका थिए । योजना बहुबर्षिय योजनाको रुपमा स्विकृत भएको र ३ बर्ष सम्म बजेट निरन्तर प्राप्त हुने उल्लेख गर्दै बजेट बिनियोजनमा सहयोगी भुमिका निर्वाह गरेको भन्दै, नेपाल सरकारका सहसचिव राजिब पोखरेल र अर्थ मन्त्रालयका उपसचिव तुलसि प्रसाद चौलगाई तथा सुमेरु अस्पताल काठमाण्डौंका एम डी समेत रहेका समाजसेवी सन्तोष दहाललाई धन्यवाद ज्ञापन गरेका थिए । उनिहरु लालबन्दीकै स्थायी बासिन्दा हुन् । उनले आफै कार्यरत तराई मधेश सम्बृद्धि कार्यक्रम अन्तर्गत पनि रु १ करोड ७० लाख बिभिन्न ५ वटा योजनामा गरि स्विकृत गराउन सकेकोमा खुसी व्यक्त गर्दै, डकुमेन्टेसनमा समन्वय गरेको भन्दै नगरपालिकामा कार्यरत कर्मचारी कोमल हरि गौतमलाई समेत धन्यबाद लेखेका थिए ।

सामाजीक सञ्जालमा व्यक्त टीकाटिप्पणी :-


मेयर खड्काद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा लालबन्दी नगरपालिका का लागि स्वीकृत भएको बजेटको विषयमा नेपाल सरकार तथा स्थानीय तहका जिम्मेवार कर्मचारीहरूको समेत नाम र पद जोडी प्रचार प्रसार भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको उ्ल्लेख छ ।
यता स्थानीयले सामाजिक सञ्जाल मार्फत यस अघि मेयर खड्काले मनमोहन अस्पतालको खुलेरै बिरोध गरेका र अस्पतालको लागि बजेट बिनियोजन गर्दा झारो टार्नेगरी बजेट बिनियोजन गरेको भनेका छन् ।

सामाजीक सञ्जालमा व्यक्त टीकाटिप्पणी :-

उनिहरुले नेपाल सरकारले दिने कुनै पनि बजेट कुनै न कुनै निकायलाई नै दिने हो । त्यो नगरपालिका हुन सक्दछ, त्यो स्वभाविक पनि हो ,“तर के नगरपालिकाले गरेको सबै प्रस्तावमा बजेट परेको छ त ?” भनेर प्रश्न गरेका छन् । सबै योजनामा बजेट स्वीकृत भएको छ त ?, “नगरपालिकाको प्रस्ताव अनुरुप बजेट बिनियोजनमा समन्धित मन्त्रालयका कर्मचारीको सहयोगी भूमिका हुदैन त ?” भन्दै प्र्रश्न गरेका छन । सामाजिक सञ्जाल मार्फत उनिहरुले, “आफ्नै नगरवासी राष्ट्रसेवकहरुको योगदानलाई समेत कुल्चिएर, बिर्सिएर,अपमानित गर्दै आएको विज्ञप्तिलाई,” मेयर खड्काको अहंमताको पराकाष्टा भनेका छन् । उनिहरुले नेपाल सरकार, अर्थ मन्त्रालय र सम्वन्धित राष्ट्रसेवक कर्मचारीहरुले निर्वाह गरेको भूमिका सराहनीय भएको भन्दै,सहयोगीहरुको मनोवल गिराउने काम नर्गन भनेका छन् ।