मलंगवा, जेठ २४–रिएजेन्ट सकिए पछि शुक्रवारदेखि बन्दा भएको सर्लाहीको एकमात्र पीसीआर ल्याव पुनः सुचारु भएको छ । जिल्ला अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवल किशोर झाका अनुसार आइतवार राती प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरबाट रिएजेन्ट आइपुगेकाले सोमवार (आज) बाट ल्याब पूर्ववत् रुपमा संचालन भएको हो । ल्याव संचालनमा आए पनि ल्यावमा एक पटकमा ९३/९४ जनाको मात्र स्वाब परिक्षण गर्न मिल्ने भएकाले जिल्लाका सबै ठाउँबाट आएको स्वाबको रिपोर्ट आउन भने अझै एक दिन कुनुपर्ने छ । ल्याव चलाउन आवश्यक पर्ने मास्टर मिस्क रिएजेन्ट सकिए पछि जिल्लाको एकमात्र पीसीआर ल्याव शुक्रवारदेखि बन्द गरिएको थियो ।