विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण गर्दै,जि‍ .स .स का प्रमुख,प्रजिअ र लालबन्दी जेसिजका पदाधिकारीहरु ।

मलंगवा, जेठ २२—सर्लाहीको मलंगवा शनिवार (आज) विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण गरिएको छ ।
डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख माधव प्रसाद देवका अनुसार दिवसको अवसरमा जिल्ला समन्वय समिति सर्लाही र जिल्ला प्रशासन कार्यल परिसरमा १ सय ५ वाट विरुवा रोपिएको हो ।
“नयाँ सोच र सृजना, प्राकृतिक प्रणलीको पुर्नस्थापना” भन्ने नाराका साथ मनाईको विश्व वातावरण दिवसको अवसरमा जिल्ला वन कार्यालय सर्लाहीद्वारा आयोजीत वृक्षारोपण कार्यक्रमा अशोक, कल्किफुल, गोल्डमोहर लगायतका विरुवाहरु रोपिएको प्रमुख देवको भनाई छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको प्रमुख अतिथ्यता तथा सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको विशिष्ट अतिथ्यतामा वृक्षारोपण कार्यक्रम भएको डिभिजन वन प्रमुख देवले बताए ।

यता लालबन्दी जेसीजले पनि दिवसको अवसरमा जिल्ला वन सर्लाहीको सहयोग र मधु सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा लालबन्दी ६,स्थित मधु सामुदायिक वनमा वृक्षारोपण गरेको छ ।
साल,खयर लगाएत विभिन्न प्रजातिका २ सय वटा विरुवाहरु रोपिएकोे लालबन्दी जेसिजका उपाध्यक्ष जेसी सन्तोष पौडेलले चियोचर्चो खबराई जानकारी दिए । वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालयका महेन्द्र महतो, जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी श्याम खड्का,लालबन्दी जेसीजका संस्थापक अध्यक्ष जेसी किरण घिमिरे, लगायतको सहभागिता रहेको थियो ।
संयुक्त राष्ट्रसंघले १६ जुन, १९७२ मा पहिलो पटक विश्व वातावरण सम्मेलनको आयोजना गरे पछि उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक चेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यवद्धता रहेकाे थियो ।
दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलोपटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अंगीकार गर्यो त्यस पछि विश्व वातावरण दिवसले निरन्तरता पाएको हो । नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदैछ । भावी सन्ततिलाई प्रकृति–प्रेमी पुस्ताकोरुपमा बिकास गनुनै दिवसको लक्ष्य र उद्दशे रहेको पाईन्छ ।