जिल्ला स्वास्थ्य कार्यालय मलंगवा ।तस्विर :चियाेचर्चाे खबर ।

लालबन्दी,जेठ २२—सर्लाहीमा कोरोना भाईरसको पहिलो मात्रा लगाएका नागरिक दोश्रो मात्रा खोप नआउँदा चिन्तित भएका छन् ।
गत माघ १४ गतेदेखी २४ गतेसम्म र फागुन २ गतेदेखी ११ गतेसम्म पहिलो मात्रा खोप लगाएका जिल्लाका ६ हजार ८२ जना मध्य ५ हजार २० जनाले बैशाख ७ गतेदेखि ११ गतेसम्म दोश्रो मात्रा खोप लगाएका थिए ।
खोप लगाउन बाँकी रहेका १ हजार ६२ जनालाई खोप लगाउन जिल्ला अस्पतालले जेठ १९ गतेदेखि २४ गतेसम्मको तालिका निकालेर दोश्रो मात्रा खोप दिने अभियान सुरु गरेको थियो । तर बाँकी रहेका सबै नागरिकलाई पुग्ने गरी खोप प्राप्त नभएकाले उक्त अभियान सम्पन्न गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।
दोश्रो मात्रा खोप लगाँउदा पहिलो डोज बाहिरी जिल्लामा लगाएका नागरिकले समेत जिल्लामै खोप लगाउँदा पहिलो डोज लगाएका जिल्लाका बाँकी नागरिकहरुलाई खोपको दोश्रो मात्रा नपुगेको जिल्ला स्वास्थ्य कार्यालयले मलंगवाले जनाएको छ । सर्लाहीमा पहिलो डोज माघ महिनामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मीलगायतलाई प्राथमिकतामा राखेर लगाईएको थियो ।