
हरिवन,जेठ २१—कोरोना महाव्याधिका कारण जनता घरबाट बाहिर निस्कन नसकिरहेका बेला हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई जनताको घर घरमै पुगेका छन् ।
कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेका नागरिकका लागि आवश्यक पौष्टिक खाद्यान्न र घुम्ती स्वास्थ्यकर्मीहरूको सेवाका साथ मेयर प्रसाई जनताको घर घरमै पुगेका हुन । कोरोना भाईरसको दोस्रो भेरिएन्टको संक्रमण बढेसंगै यसको रोकथाममा उल्लेखनीय भुमिका निर्वाह गर्दै आएका मेयर प्रसाईले कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्यकर्मीहरूको घुम्ती सेवानै सुरु गराएकाले आफुहरुको मनोवल उच्च भएको हरिवनका नागरिकले बताएका छन् । नगरपालिकाले समुदाय स्तरमा आएर एन्टिजेन परीक्षण गर्ने कार्यलाई प्राथमिकतामा राखेर परीक्षणको दायरा बढाएको भन्दै नगरबासीले खुसी व्यक्तगरेका हुन ।
कोरोना संक्रमीत पहिचानको लागि हप्तामा तीन पटक नमुना सङ्कलन गरिरहदा रिपोर्ट आउन ढिलाई हुने भएकाले यसले झन् सङ्क्रमणको जोखिम बढ्ने भएकाले टोल टोलमै गएर एन्टिजेन परीक्षण मार्फत संंक्रमितको पहिचान गर्न थालिएको नगर प्रमुख प्रसाईँले चियोचर्चो खबरलाई बताए ।
घर घरमै गएर परीक्षण गर्दा संक्रमीत पहिचानमा सहज हुने गरेको मेयर प्रसाईको भनाई छ । आफुहरु घर घरमै पुगेर स्वास्थ्य सेवा दिईरहदा यसले नागरिकमा सचेतना बढाएकाले जोखिम न्यूनिकरणमा यो प्रभावकारी भएको स्वास्थ्यकर्मीहरु बताउ छन् ।
‘हरिवनका नागरिक यतिखेर निषेधाज्ञा पछि घरमै थुनिएका छन् ,“हामी हाम्रा नगरबासीलाई कोभिडकै कारण कुनै पनि किसिमका स्वास्थ्य समस्या भोग्नु नपरोस् भन्नेमा सचेत छौ,“ त्यसैले हामि दिनरात नभनेर खटिएका छौ,”मेयर प्रसाईले भने ।
आफु योदेशको जिम्मेवार नागरिक हुनुकासाथै हरिवनका जनताको प्रतिनिधि समेत भएकाले जनतालाई समस्या पर्दा आफुले हेरर बस्न नसकेको मेयर प्रसाईको भनाई छ ।
संक्रमितलाई स्वास्थ्यमा केही अफ्ठ्यारो भए आफ्नो मोबाईलमा तुरुन्त खबर गर्न मेयर प्रसाईंले आग्रह गर्दै आएका छन् । त्यस्तो अवस्था आए अक्सिजन सहितको उपचार व्यवस्था भएको सासापुर स्थित कोभिड अस्थायी अस्पतालमा वा अझ गम्भिर अवस्था भए थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउन पहल गर्ने मयेर प्रसाईले बताए ।आफुहरुले एम.बि.बि.एस डक्टर सहितको सेवा प्रदान गर्दै आएको र आफ्नै स्रोतमा १ सय बेडको अक्सिजन सहितको कोभिड अस्थायी अस्पताल संचालनमा रहेको मेयर प्रसाईको भनाई छ ।