भोजन ग्रहण गर्दै वृद्धवृद्धा तथा समाजसेवी केदारनाथ उपाध्याय । तस्विर सौजन्य :भवानी कोईराला ।

लालबन्दी,जेठ २०—ईश्वरपुर नगरपालिका–६ कलटोलका केदारनाथ उपाध्यायले आफ्नो जन्मदिनको अवसरमा लालबन्दी—२ स्थित पद्म भुवनेश्वरी वृद्धाश्रममा भोजन गराएका छन् ।
समाजसेवी उपाध्यायले बिहीवार (आज) ७९ औं वर्ष पूरा गरी ८० औं वर्षमा प्रवेश गरेको अवसरमा जुट्पानी स्थित पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा आश्रीत वृद्धवृद्धाहरुलाई भोजन गराएका हुन ।
कोरोना महाव्याधिका कारण आश्रममा खाद्यान्न अभाव भईरहेको समयमा आश्रममै आएर भोजनको प्रवन्ध गरेकोमा आश्रमका संरक्षक बासुदेव शरण कोइराला तथा व्यवस्थापक भवानी कोइरालाले धन्यवाद् ज्ञापन गर्दै, जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।
आश्रममा हाल ४६ जना वृद्धवृद्धाहरु आश्रित छन् । विभिन्न उत्सव, तिथि,वार्षिक पुण्यतिथि, लगाएतमा मनकारी महानुभावको सहयोगले आश्रममा आश्रित वृद्धवृद्धालाई भोजनको प्रवन्ध हुनेगरेको आश्रमकी अध्यक्ष तथा व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।