कबिलासी, जेठ २०—सर्लाहीको कबिलासीमा बुधवार चिम्नी भट्टाको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ । कबिलासी ५ रनियाका मनोज कुमार मण्डलको आन्दाजी १० वर्षिय छोरा रजनिश कुमार मण्डलको डुबेर ज्यान गएको हो ।
बाख्रा चराउन गएका रजनिशकाे कबिलासी नगरपालिका वडा नं. ७ स्थित लालबाबु रायको चिम्नी भट्टाको पानी जमेको खाल्डोमा नुहाउने क्रममा डुब्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको लास पोस्टमार्टम पछि उनका काकाले बुझि लगेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।