आश्रममा आश्रित वृद्धवृद्धाहरु भोजन गर्दै । तस्विरःसौजन्य भवानी कोईराला ।

लालबन्दी,जेठ १९—सर्लाहीको लालबन्दी नगरपालिका–२, रहेकाे पद्म भुवनेश्वरी वृद्धाश्रममा बुधवार (आज) दुई परिवारले मिष्ठान्न भोजन गराएका छन् । रामेछाप घर भई हाल काठमान्डौँ गौशाला निवासी देव ऋषि सापकोटा र मुना सापकोटाले छोरी पल्लवीको जन्मदिनको अवसरमा आश्रमका वृद्धवृद्धाहरुलाई बिहानको मिष्ठान्न भोजन गएका हुन । त्यस्तै, आजै स्वर्गीय आमा तिल कुमारी केसीको वार्षिक पुण्य तिथीको अवसरमा हरिपुर नगरपालिका–८, निवासी सुमन कुमारी थापा र श्याम केसीले पनि बेलुकाको मिष्ठान्न भोजनको व्यवस्था मिलाएका आश्रमकी व्यवस्थापक भवानी कोईरालाले जानकारी दिईन् । कोरोना महाव्याधिका कारण आश्रममा खाद्यान्न अभाव भईरहेको समयमा आश्रममै आएर भोजनको प्रवन्ध गरेकोमा आश्रमका संरक्षक बासुदेव शरण कोइराला, व्यवस्थापक भवानी कोइरालाले धन्यवाद् ज्ञापन गरेका छन् । आश्रममा हाल ४६ जना वृद्धवृद्धाहरु आश्रित छन् । विभिन्न उत्सव, तिथि,वार्षिक पुण्यतिथि, लगाएतमा मनकारी महानुभावको सहयोगले आश्रममा आश्रित वृद्धवृद्धालाई भोजनको प्रवन्ध हुनेगरेको आश्रमकी अध्यक्ष तथा व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।