लालबन्दी, लालबन्दी नगरपालिका–७, निवासी एक परिवारले छोरीको १३ औँ दिनको पुण्यतिथीको अवसरमा आश्रममा खाद्यान्न सहयोग गरेको छ । लालबन्दी–२, जुटपानीस्थित पद्म भुवनेश्वरी नमुना वृद्धाश्रममा रामचन्द्र श्रेष्ठ र मलालक्ष्मी श्रेष्ठले छोरी सुजिना श्रेष्ठको १३ औँ दिनको पुण्यतिथीको अवसरमा मिष्ठान्न भोजन गराएका आश्रमले जनाएको छ ।
श्रेष्ठ परिवारले आश्रमका लागि ३० केजी चामल, ५० केजी आलु, एक कार्टुन बिस्कुट प्रदान गरेका आश्रमकी व्यवस्थापक भवानी कोईरालाले जानकारी दिईन ।
खाद्यान्न सामग्री हस्तान्तरण गर्न श्रेष्ठ परिवार, लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष राजकुमार न्यौपाने, आश्रमका सदस्य शालिग्राम लम्साललगायत आश्रम पुगेका व्यवस्थापक कोईरालाले बताईन ।
त्यस्तै आश्रममा लालबन्दी–४, हरिभवनका कुबेर राउत र अबिर राउतले पनि आमा तुलसादेवी राउतको ४५ औँ दिनको पुण्यतिथीको अवसरमा खाद्यान्न सहयोग गरेका छन् । बुहारी कबिता राउतबाट आश्रममा चामल, पिठो, दाल, नुनलगायतका खाद्यान्न सामग्री प्राप्तभएको आश्रमले जनाएको छ । कोरोना कारण आश्राममा आश्रीत वृद्धवृद्धालाई भोजन गराउन कठिन भैरहेको अवस्थामा आश्रममा आई खाद्यान्न सहयोग गरी मिष्ठान्न भोजन गराएकोमा दुवै परिवारप्रति आश्रमकी व्यवस्थापक कोईरालाले धन्यवाद ज्ञापन गरिन ।