लालबन्दी नगरपालिकाका मेयर मानबहादु खड्कालाइ स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्दै , ट्रान्सफर्म नेपालका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकी ।

कृष्ण थपलिया

लालबन्दी,जेठ १७— सर्लाहीको लालबन्दी रहेको कोभिड अस्पताललाई ३ लाख २७ हजार मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्राप्त भएको छ । ड्रप अफ लाईफ र चाईना फाउण्डेसन अफ पाेभर्टि एलिभिएसनबाट प्राप्त स्वास्थ्य सुरक्षा सामग्री लालबन्दी ८ मा रहेको ट्रान्सफर्म नेपालले सोमवार (आज) लालबन्दी नगरपालिका मेयर मानबहादु खड्कालाई हस्तान्तरण गरेको हो ।

कोभिड १९ रोकथाममा उपयोगि रहने स्वाथ्य सुरक्षा सामग्री लालबन्दी नगरपालिकाद्वारा संचालीत कोभिड अस्पताल र आईसोलेसन सेन्टरलाई हस्तान्तरण गरिएको र यसले कोरोना महाव्याधिबाट लालबन्दी नगरबासीलाई सुरक्षित रहन सहयोग पुग्ने ट्रान्सफर्म नेपालका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकीले चियोचर्चो खबरलाई जानकारी दिए । हस्तान्तरित स्वास्थ्य सुरक्षा सामग्रीहरुमा अक्सिजन सिलिण्डर ५ थान ग्लोवस् १ हजार थान नन डिस्पोजव्ल पिपिई ५० थान के‍.एन ९५ माक्स १ हजार थान फेस सिल्ड ५० थान र डिसइन्फेक्ट पम्प २ थान रहेको अध्यक्ष बलम्पाकीले जानकारी दिए ।