माैरी किसान डम्बर देव पाण्डे स्वागत मन्तव्य राख्दै ।तस्विर: चियाेचर्चाे खबर ।

बागमती, जेठ १७—सर्लाहीको बागमतीमा सोमवार (आज) मौरी र मौरी जन्य सामग्री वितरण तथा सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीको व्यावसायिक कृषि उत्पादन (मौरी ब्लक) कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा संचालित कार्यक्रमको सार्वजनीक सुनुवाई गरिएको हो ।
बी.पाण्डे मौरी ब्लक संचालन समन्वय समिति बागमती ११ सखुवानीटोलले आयोजना गरेको कार्यक्रममा मौरी ब्लक संचालन समन्वय समितिका सदस्य डम्बर देव पाण्डेले स्वागत मन्तव्य राख्दै कार्यक्रम बारे प्रकाश पारेका थिए । उनले कृषि ज्ञान केन्द्र सर्लाहीको ५० प्रतिशत अनुदानमा (मौरी ब्लक) कार्यक्र अन्तर्गत मौरी घार गोला उत्पादन तथा मौरी र मौरी जन्य सामग्री तयार गर्न दिएको जिम्मेवारी अनुरुप काम सम्पन्न भएकाले बागमती नगरपालिका क्षेत्रका मौरी किसानले अनुदानमा मौरी घार गोला प्राप्त गर्न सक्ने जानकारी दिए ।


कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव कुशवाहले बी.पाण्डे मौरी ब्लक संचालन समन्वय समितिलाई चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीले कर रकम सहित ५० प्रतिशत अनुदानमा मौरी घार गोला उत्पादन र वितरणको लागि २५ लाख अनुदान रकम दिएको बताए । कार्यलय प्रमुख कुशवाहले तयार मौरी घार गोला बी.पाण्डे मौरी ब्लकमा सम्पर्क गरी ५० प्रतिशत अनुदानमा लैजान बागमती नगरपालिकाका किसानलाई आग्रह गरे । उनले राज्यको मौरी मार्फत किसानलाई सोरोजगार बनाउने लक्ष्य अुरुप अनुदानमा प्राप्त घार गोला लगेर आत्मनिर्भर बन्न किसानलाई आग्रह गरे ।
किसानले बी.पाण्डे मौरी ब्लकबाट मौरी भएको र नभएको गरी ५—५ फ्रेम सहितको मौरी घार गोला तथा मौरी जन्य सामग्री महमदानी,मैन बक्स,टोपी,धुवादानी ,टुल ,आधार चाका र ब्रस ५० प्रतिशत अनुदानमा ४ हजार ४ सय ५० रुपैया तिरेर प्राप्त गर्न सक्ने ब्लक संयोजक मणि पाण्डेले बताए ।


सार्वजनीक सुनुवाई कार्यक्रममा कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव कुशवाह सूचना अधिकृत सिताराम यादव,प्राविधिक सहायक गणेश सिंह, सत्यनारायण यादव,बागमती नगरपालिका कृषि शाखाका हिमाल बहादु साही,मौरी किसानहरु टिकाराम अधिकारी, सिताराम चालिसे, दुधमाया गुर्मछाने,सिद्ध बहादुर भण्डारी,कमल बडाल,मिना पाण्डे,लगाएतको सहभागिता रहेको थियो ।