ईश्वरपुर, जेठ १६—सर्लाहीको ईश्वरपुरमा समाजसेवी युवा मनोज आचार्यले कोरोना महाव्याधि नियन्त्रणका लागि आवश्यक औषधि र एम्बुलेन्स सहयोग गरेका छन् ।
कांग्रेस नेता तथा युवाव्यवसयि आचार्यले आईतवार(आज)सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा रहेको श्री सन सागरनाथ युवा क्लबलाइ कोभिड नियन्त्रणमा आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका हुन । सर्लाहीको ईश्वरपुर उन्को जन्मथलो पनि हो ।
कोभिड–१९ को दोस्रो लहरबाट आक्रान्त नगरबासीलाई उपचारमा सहयोग पुर्याउने उद्देश्ले सहयोग गरिएको समाजसेवी युवा आचार्यले चियोचर्चो खबरलाई बताए । अहिलेको विषम परिस्थितिमा आफ्नो गृह नगरमा सहयोग गर्नपाउदा खुसिलागेको आर्चायले बताए । यस अघि आफुले अक्सिजन सहितको करिब ५० वेडकाे आईसोलेशन बनाईदिने भनेको भएपनि राज्यले यसमा बाधागरेको आचार्यले बताए । हस्तान्तरण गरिएकाे सामग्री करिब करिब पाँच लाख बराबरको रहेको अचार्यले बताए । आज हस्तान्तरण गरिएको सामग्रीमा औषधि ,पि.पि.इ २० थान, फेस सिल्ड २ सय थान नेबुलाईजर ५ थान , पल्स मिटर १० थान, एन ९५ मास्क १ हजार थान , सेनिटाईजर ३० लिटर,थर्मल गन ५ थान रहेको छ ।
संक्रमित व्यक्तिलाई नगर भन्दा बाहिर उपचारका लागि लैजान र नजिकको स्वास्थ्य संस्था अथवा आईसोलेशन सम्म पुर्याउन आजैको मितिबाट निःशुल्क एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याईएको आचार्यले बताए ।
कसैलाई एम्बुलेन्स सेवा आवश्यक भएमा,९८०८८९८८३४,९८४४०९३४११र ९८१३४९१५०० मा फोन सम्पर्क गर्न सकिने समाजसेवी आचार्यको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका नेता जगतनाराण श्रेष्ठ, मदन वि.क ,धनलाल गोले, हरिबहादुर कटुवाल, प्रेम सिंह लगायतको सहभागिता रहेकोे थियो ।