सर्लाही जेठ १६—‘नमस्कार, म मेयर गणेश प्रसाईं हजुरको स्वास्थ्य अवस्था अहिले कस्तो छ ? स्वास्थ्यलाभको कामना छ । स्वास्थ्य र पौष्टिक खानेकुरा खानुका साथै सरसफाईमा ध्यान दिँदै उच्च मनोबलका साथ रोगलाई छिट्टै परास्त गर्नु हुनेछ भन्ने विश्वास लिएको छु,‘एक पोजेटिभले आफ्नो अभिभावकको यसरी म्यासेज आएपछि आफ्नो खुसिको सीमानै नरहेको बताए ।
सर्लाहीका धेरै जसो पालिका प्रमुखले आफ्नो पालिकामा आईसोलेसन सेन्टर समेत स्थापना नगरिरहेको अवस्थामा कोरोना भाईरस परीक्षणका लागि नगरबासीकाे थ्रोट स्वाब नै संकलन सूरु गराएका हरिवन नगरपालिका मेयर प्रसाईले आफ्ना नगर बासिलाई कुनै स्वास्थ्य समस्या परेमा ९८५४३०३७४९९ वा ९८४५१३५४६९ मा सम्पर्क भन्दै म्यासेजनै लेखेर बिरामीको मनोबल र हौसला बढाईरहेका छन् ।
मेयर प्रसाईले बिरामी प्रती गरेको यो व्यवहारले बिरामिको हौसाला मात्र बढाएको छैन, ‘यसले शुन्य प्रायः भएको मानवता जागृत गरेको र यस्तो कार्य अरुका लागि पनि अनुकरणीय रहेको सर्लाहीका नागरिक समाजका अगुवा तथा आम नागरिकले बताउन थालेका छन् ।
पछिल्लो पटक शनिवार साँझ हरिवन वडा नं.—७ स्थित एकै परिवारका १४ जनामा संक्रमण पुष्टिभए पछि मेयर प्रसाई चुप रहन सकेनन्,‘तुरुन्त घरमै पुगे । ‘स्वास्थ्य सुरक्षा सामग्री एवं पोषण युक्त खानेकुरा लिएर,। उनले त्यहाँ पोषण युक्त खानेकुराको साथै दाल,चामल, नुन तेल लगायत दैनिक उपभोग्य खाद्यान्न समेत प्रदान गरे र थप केहिसमस्या भए आफुलाई सम्पर्क गर्न भने । आर्थिक रुपमा विपन्न एवं घरमुली समेत अपांग भएको आफ्नो परिवारलाई घमै आएर मेयर प्रसाईले खाद्यान्न सहयोग गरेको भन्दै संक्रमित परिवारले खुसि व्यक्त गरेका छन् ।
यस्तै उदाहरणिय कार्य केहिदिन अघि पनि मेयर प्रसाईले गरेका थिए । एक जना कोरोना संक्रमणबाट गम्भीर अवस्था रहेका बिरामिलाई आइसोलेसनसम्म लैजान एम्बुलेन्स तयारी अवस्थामा रहेपनि चालक नभएकै कारण समस्या भईरहेको थियो, मेयर प्रसाइँले संक्रमितलाई एम्बुलेन्समा राखेर आफैंले आइसोलेसन पुर्याए पछि अहिले ती संक्रमितको स्वास्थ्यमा सुधार भएको छ ।
नगपालिकाले हरिवनका स्थानीय एवं हरिवन स्थित बैंक तथा वितिय संस्था एवं सरकारी एवं गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारी सहित ४ यस ८६ जनाको परीक्षण गराईसकेको छ । हरिवन नगरपालिकाले ४ सय ५२ जनाको पीसीआर तथा ३४ जनाको एन्टिजेन गराएको हो । ज समा २ सय १० जना पीसीआर एवं ३१ जना एन्टिजेन पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोरोना महाव्याधिको दोस्रो लहरमा हरिवन नगरपालिका सर्लाहीमै सबैभन्दा बढी आफ्ना नागरिकलाई कोरोना भाईरस परीक्षण गराउने पालिका हो ।कोरोना नियन्त्रणका लागि हरिवन नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ करोड बजेट छुट्याएको छ, जसका कारण कोभिड नियन्त्रण र रोकथाममा सहज भएको हो । समयमै बजेट बिनियोजन गर्नुले पनि मेयर प्रसाईको दुरदर्शिता झल्केको स्थानीयले बताए । नगरले अक्सिजनसहित सय बेडको आइसोलेसन निर्माण गरेको छ ।
मेयर प्रसाईले होम आईसोलेशनमा बस्ने क्रममा केही अफ्ठ्यारो महसुस भए आफूलाई खबर गर्न संक्रमित एवं सम्बन्धित परिवारका सदस्यहरुलाई आग्रह गरेका छन् । त्यस्तो अवस्था आए अक्सिजन सहितको उपचार व्यवस्था भएको सासापुर स्थित कोभिड अस्थायी अस्पतालमा वा अझ गम्भिर अवस्था भए थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउन पहल गर्ने मयेर प्रसाईले बताए । सर्लाहीको धेरौ जस्तो पालिका मा मेयर—उपमेयर बिवाद रहेको छ,कतिपयको त बोलचालनै छैन, तर हरिवन नगरपालिका यो मामिलामा पनि अनुकरणीय छ, अन्य पालिकाको लागि । कोरोना महाव्याधिको यो विसम परिस्थितिमा नगरकी उपमेयर रेणुका पौडेलको पनि साथ र सहयोग उत्तिकै रहेको मेयर प्रसाईले बताए ।
हरिवनमा त्यस्तै अनुकरणिय अर्का वडा अध्यक्ष पनि छन, शेष महबुब रेजा । जस्ते केहिदिन अघि हरिवनमा संक्रमणबाट एक महिलाको मृत्यु भयो ,शव बोक्न शववाहन तथा एम्बुलेन्सका चालकले मानेन्न । वडाध्यक्ष शेष महबुब रेजाले संक्रमितको शव नदीसम्म आफैंले पुर्याए । उनले शववाहन आफैंले चलाएर नदीसम्म पुर्याएका थिए ।
अब चाडै कोरोना भाईरसबाट संक्रमित नगरबासीहरुको मनोबल उच्च बनाउन घरमै पुगेर पोषण युक्त खानेकुरा एवं स्वास्थ्य सुरक्षा सामग्री पुर्याउने आफ्नो लक्ष्य रहेको मेयर प्रसाईले बताए ।