लालबन्दी,जेठ १६—सर्लाहीको ईश्वरपुर र हरिपुर नगरपालिकालाई सेभ द चिल्ड्रेनले आइतवार (आज) स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोना भाईरसबाट संक्रमितको उपचारमा सहयोग पुर्याउने उद्देश्यले ग्रामिण नारी उत्थान संघ हरिपुर र सेभ द चिल्ड्रेनको सहयोगमा संचालित समुन्नती परियोजना अन्तर्गत ईश्वरपुर र हरिपुर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
ग्रामिण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु चालिसेका अनुसार संस्थाले कोरोना भाईरसको संक्रमण र संक्रमितको मृत्युदर न्यूनिकरणका लागि “आफूँ बँचौ र अरुलाई पनि बचाँऔ”, “कोरोना विरुद्ध सामुदायिक अभियान” अन्तर्गत ईश्वरपुर र हरिपुर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
ईश्वरपुर नगरपालिकालाई बिरामि राख्नका लागि बेड ६ थान, सर्जिकल ग्लोब्स ६० थान , एन्टीजेन टेस्ट किट ५ सय थान , औषधि छर्ने टयाङ्की १ थान ,सर्जिकल मास्क ५ सय पिस तथा पल्स अक्सोमिटर ३ थान हस्तान्तरण गरिएको संस्थाका सचिव सूर्य चालिसेले चियोचर्चो खबरलाई जानकारी दिए । त्यस्तै, हरिपुर नगरपालिकालाई पनि बिरामि राख्ने बेड ३ थान, सर्जिकल ग्लोब्स ६० पिस , एन्टीजेन टेस्ट किट ४ सय पिस , औषधि छर्ने टयाङ्की १ थान ,सर्जिकल मास्क ५ सय पिस तथा पल्स अक्सोमिटर २ थान प्रदान गरिएको संस्थाका मिक अधिकृत विजय कुशवाहाले जानकारी दिए ।
यस अघि पनि संस्थाले ईश्वरपुर र हरिपुर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गर्नुको साथैँ माईकिङको माध्यमबाट जनचेतनामूलक स्वास्थ्य सन्देश प्रवाह गराएको थियो ।