मानवसेवा आश्रममा खाद्यान्न सहयोग गर्दै,लालबन्दी जेसिजका पदाधिकारीहरु ।

लालबन्दी, जेठ १५—लालबन्दी जेसिजले आफ्नो तेस्रो स्थापना दिवशको अवसरमा मानवसेवा आश्रममा ३० हजार बराबरको खाद्य सामाग्री हस्तान्तरण गरेको छ । जेसिजले हरिवन–९नयारोडमा रहेको मानवसेवा आश्रममा चामल २ सय ५० केजी , दाल ३० केजी , चना २० केजी , आलु ६० केजी ,२० लिटर तेल, १२० पिस चाउचाउ र २ सय प्रति सर्जिकल माक्स प्रदान गरेको हो ।
लालबन्दी जेसिजले स्थापनाको दिवसको अवसरमा खुसि साट्दै मानव सेवा आश्रममा खाधान्न हस्तान्तरण गरेको कानुनी सल्लाहकार मनोज बख्रेलले चियोचर्चो खबरलाई जानकारी दिए । बेसाहारा मानवको अभिभावकीय संस्थाको रुपमा रहेकोे मानव सेवा आश्रमलाई लालबन्दी जेसिजका उपाध्यक्ष जेसी सन्तोष पौडेलको संयोजकत्वमा खाद्यान्न हस्तान्तरण गरिएको लालबन्दी जेसिज वर्ष २०२१ का अध्यक्ष श्यामकुमार खड्काले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रम सर्लाही जिल्ला संयोजक मनिषा केसीले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरीन । लालबन्दी जेसिजका तर्फबाट शुभकामना मन्तब्य राख्दै युवा व्यवसायी सुदेश ढुङ्गानाले आश्रमलाई निरन्तर सहयोगर्ने प्रतिबध्यता व्यक्त गरे । सस्थापक अध्यक्ष किरण घिमिरे, वर्तमान अध्यक्ष श्याम कुमार खड्का लालबन्दी जेसिजका कार्यकारी उपाध्यक्ष सरोज न्यौपाने, केशव खड्का,महासचिव राजकुमार सिंह , उपाध्यक्ष द्वय कुमार घिमिरे , सन्तोष पौडेल लगायतको उपस्थिति थियो ।

त्यस्तै हरिवन —८ निवाकी महिला नेत्री सुनिता राइले पनि आफ्नो जन्म दिनको अवसरमा आश्रममा खाधान सामाग्री हस्तान्तरण गरेकी छीन । आज विहान खाध तथा अत्यावश्यक सामग्री सहित आश्रम पुगेकी सुनिताले संकटको घडीमा सहयात्रा वा सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको बताईन ।उनले करिव ६ हजारको सामाग्री हस्तान्तरण गरेकी हुन । २० केजी चामल, ५ केजी दाल , ३ लिटर तेल, १ केजी बेसार, १ केजी मसला, नुन ,३० पिस चाउचाउ, १ काटुन , दालमोठ, भुजा,सावुन सराफ बिस्कुट लगायत सामाग्री हस्तान्तरण गरिन । आफ्नो जन्म दिनको अवसरमा खुसियालीमा साट्न सेवाआश्रम मा आउन समेत आव्हान गरेकी बिध्यार्थी नेता मनोज बख्रेलले जानकारी दिएका छन् ।