फाइल तस्विर ।

कृष्ण थपलिया
सर्लाही, जेठ १५—विश्वव्यापी वनेको कोरोना भाईरसका कारण आक्रान्त मुलुकका जनताको ज्यान जोगाउनु प्रथम दायित्व त छदैछ , सीमा रक्षा मुख्य जिम्मेवारी हो सशस्त्र प्रहरी बलको । राज्यले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको जिम्मेवारी सुम्पे अनुरुम आफ्नो कर्तव्य पालनामा तल्लिन छन् सुरक्षाकर्मीहरु ।
जिम्मेवारी बोध गर्दै सीमा र नागरिक रक्षार्थ खटिएको सुरक्षाकर्मीको यतिखेर भने निरन्तरको वर्षाले हविगत बिगारेको छ । जीर्ण भवनमा जसो तसो रात काटिरहेको सशस्त्र प्रहरीलाई झरी परेसंगै पानी चुहिएर कहिले सुत्न दिदैन ।
सर्लाहीमा भारतको बिहारसंग जोडिएको करिव ५१ किलोमिटर लामो सीमा क्षेत्र रहेको छ ।११ वटा बिओपी, केही प्रहरी चौकी समेत रहेका छन् । जसको नँया भवन भने ५ वटा रहेको छ । बाँकी ५ अति पुराना तथा जिर्ण रहेका छन् । ‘जीर्ण भवनबाट सेवा दिईरहको सशस्त्र प्रहरीलाई बर्षाका कारण हतियार सुरक्षित गर्नेकी, ज्यान भन्ने चिन्ता रहेको एक सशस्त्र प्रहरी हवल्दारले बताए । ‘कोरोना महाव्याधि चलेको छ, ‘चिसोबाट बच्न तातो झोलिलो खानेकुरा खान रोडियो, टेलिभिजन ,अन्लाईन,पत्रपत्रिकाबाट स्वास्थ्यकर्मीले भनिरहेका छन्,हामिभने कार्यालय भित्रै पानीमा भिजिरहेका छौ’, एक सशस्त्र प्रहरी जवानले भने ।
झरी पर्दाहोस अथवा हुरी बतास चल्दा, हमिलाई आफ्नो ज्यान जोगाउने कि हतियार जोगाउने भन्ने चिन्ता हुन्छ,‘अर्का जवानले भने । कोरोना नियन्त्रणका लागि सीमामा मानिसहरुको आवगमनमा रोक लगाईको भए पनि आँखा छलेर मानिसहरुको ओहोर दोहोर भईरहेको र सीमा क्षेत्रको बाटोघाटो अत्यन्तै जीर्ण भएकाले झनै समस्या हुनेगरेको उनिहरुको भनाई छ । वर्षा भएसंगै सडक हिलो हुने भएकाले गस्ती गर्ने साधन समेत राम्रो संग नचलेर हिलोमा गाडिने हुदा थप समस्या हुनेगरेको सीमा क्षेत्रमा खिटिएका सुरक्षाकर्मीको भनाई छ ।