अटाेमा माईकिङको माध्यमबाट सन्देश प्रवाह गर्दैऽ ग्रामिण नारी उत्थान संघ हरिपुर ।

हरिपुर,जेठ १३—सर्लाहीको हरिपुरमा बिहिवार कोरोना भाईरस सम्बन्धि जनचेतना मूलक सन्देश प्रवाह गरिएको छ । ग्रामिण नारी उत्थान संघ हरिपुर र सेभ द चिल्ड्रेनको सहयोगमा संचालित समुन्नती परियोजना अन्तर्गत हरिपुर नगरपालिकामा जनचेतना मूलक सन्देश प्रवाह गरिएको हो ।
संस्थाले कोरोना भाईरसको संक्रमण र संक्रमितको मृत्युदर न्यूनिकरणका लागि “आफूँ बँचौ र अरुलाई पनि बचाँऔ”, “कोरोना विरुद्ध सामुदायिक अभियान” अन्तर्गत दुईवटा अटोको सहायतामा कोरोना भाईरसबाट बच्ने उपाय र समुदायलाई सुरक्षित राख्ने उपायको बारेमा तयार पारिएको स्वास्थ्य सन्देश माईकिङको माध्यमबाट सन्देश प्रवाह गरेको ग्रामिण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए ।
यस अघि सोही परियोजना अन्र्तगत ईश्वरपुर नगरपालिकालाई १ सय ३० थान पिपिई, ५ सय ग्रामको सेनिटाईजर तिस बोतल, ४ सय पिस ग्लोव्स, एक थान इन्फ्रारेड थर्मामिटर गरी ४ लाख ३९ हजार ९सय ६६ रुपैँया बराबरको सामग्रीे समेत हस्तान्तरण गरिएको थियो । त्यस्तै, ईश्वरपुर नगरपालिकामा पनि छिट्टै कोरोना भाइरस सम्बन्धि जनचेतना मूलक सन्देश प्रवाह गर्ने योजना रहेको संस्थाले जनाएको छ ।