सर्लाही, जेठ १३— विश्वव्यापी बनेको कोरोना महाव्याधि नियन्त्रणका लागि जारी निषेधाज्ञाको मौका छोपेर सर्लाहीको वन क्षेत्रमा तस्करी र चोरिशिकारी बढेको छ ।
वन क्षेत्रमा वन कार्मचारी तथा सामुदायिक/साझेधारी /वनका शुक्षाकर्मिको उपस्थिती कम भए पछि चोरी शिकारीे बढेको हो । तस्करले अहिले दिनहुँ बँदेल, हरिण, मृग, दुम्सीलगायत वन्यजन्तुको शिकार गर्ने गरेको वन क्षेत्र आसपासका स्थानीय बासिन्दाले बताए ।
सर्लाही र महोत्तरीको सीमाक्षेत्रका वन र मूर्तिया स्थित वन क्षेत्र नीलगाई, बँदेल, हरिण, मृग र दुम्सीसहितका वन्यजन्तु तथा वनकुखुरा(लुइँचे) कालिज लगाएतका बिभिन्न पशुपंक्षीको वास स्थिान हो । सुरक्षाकर्मिहरु निषेधाज्ञाको पालना गराउने तर्फ केन्द्रित भएको मौका छोपेर शिकारीले बँदेल, मृग, हरिण, दुम्सी र वन कुखुराको सिकार गर्ने गरेको स्थानियले बताए ।
सुराकीको आधारमा केही दिन अघि जिल्लाको फूलजोर बाबा वन क्षेत्रबाट प्रहरीले हतियार सहित शिकारीलाई नियन्त्रणमा लिएको थियो । सोक्रममा प्रहरी र शिकारी बीच गोली हानाहान नै भएको थियो । प्रहरीमाथि शिकारीले भरुवा बन्दुकबाट फायर गरेपछि प्रहरीले दुई राउन्ड जवाफी फायर गरेको थियो । प्रहरीले शिकारीमध्येका एकलाई नियन्त्रणमा लिएको थियो भने तीनजना भागेका थिए ।
उनिहरुको साथबाट प्रहरीले एउटा मृत नीलगाई, तीन थान भरुवा बन्दुक, फलामका काँटी र बारुद समेत बरामद गरेको थियो । वनक्षेत्रमा तस्कर र शिकारीको चहलपहल बढेपछि बन्य जन्तुहरु गाउँ पसेर किसानले लगाएको बालीनाली नष्ट गर्न थालेको स्थानीय किसाको भनाई छ । उनिहरुका अनुसार अहिले बालीनाली जोगाउन गा¥हो भएको छ । विशेषगरी जंगली सँगुर (बँदेल) र नीलगाईको विगविगी बढेको हो ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देवका अनुसार शिकारीले गतिविधि बढाएको भन्ने सूचनाको आधारमा सुरक्षा गस्ती बढाईएको छ । अहिले पनी एक जना शिकारी उपर चोरी शिकारीको आरोपमा मुद्दा चलाईएको र फेलापरे कसैलाई पनि नछाड्ने प्रमुख देवले बताए ।