सर्लाही,चैत-६,स्ववियु निर्वाचनअन्तर्गत जिल्लाको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखि क्याम्पसको स्ववियु  सभापतिमा संयुक्त विद्यार्थी प्यानलका प्रेमराज दाहाल विजयी भएका छन् ।


सभापतिमा दाहालसँगै सचिव पदबाहेकका सबै पदमा संयुक्त प्यानल विजयी भएको हाे ।
सभापतिमा एमाले निकट अनेरास्ववियूका सन्दीप थापालाई एक मतले पराजित गर्दै अनेरास्ववियू(क्रान्तिकारी)का दाहाल सभापतिमा विजयी भएका हुन् ।
त्यस्तै उपसभापतिमा समाजवादी विद्यार्थी युनियनका अन्जिता भुजेल, सचिवमा अनेरास्ववियूका हिमालराज घिमिरे, कोषाध्यक्षमा अनेरास्ववियू(एस) का संजय कुमार महतो, सहसचिवमा अनेरास्ववियू एस कै काजल काफ्ले, सदस्यहरुमा अखिल क्रान्तिकारीका रेजिना नेपाली, नेविसंघकी अप्सरा श्रेष्ठ, समाजवादी विद्यार्थी युनियनका जयदिप कुमार सिंह, अनेरास्ववियू एस का धिरेन्द्र महतो र नेविसंघकी विष्णुमाया मैनाली विजयी भएकी छिन्  ।


यहाँ नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी यूनियन र अनेरास्ववियू एस संयुक्त प्यानल बनाएर चुनावमा मैदानमा  थिए ।
आइतवार  भएको चुनावमा कुल मतमध्ये ७११ मत खसेको थियो ।

आइतवार साँझदेखि नै मतगणना भएको भएपनि खसेको मत भन्दा एक मत बढी देखिएपछि मत गणना स्थगित भएको थियो । विहान सर्वपक्षीय बैठकपछि पुनः भएको मत गणनामा क्रान्तिकारीका दाहाल विजयी भएका निर्वाचन अधिकृत हरिलाल मैनालीले जानकारी दिए ।