सर्लाही,माघ-२६,जिल्लाकाे हरिपुर स्थित हात्तीसार खेल मैदानमा पाँचौ हरिपुर नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज (बिहिवार)बाट सुरु भएको छ ।


प्रतियोगिताको हरिपुर नगरपालिकाका मेयर गोपाल पजियार , संबिधानसभा सदस्य रामचन्द्र चौधरी र रञ्जना सरकारले संयुक्तरूपमा उद्घाटन गरेका छन् ।
राष्ट्रका लागि खेलकुद ,स्वास्थ्य लागि खेलकुद , सबैका लागि खेलकुद भन्ने नाराको साथ सुरु भएको प्रतियोगिता २८ माघसम्म संचालन हुने हरिपुर नगरपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक नागेश्वर रायले जानकारी दिए ।

प्रतियोगितामा पालिका भित्रका सामुदायिक र संस्थागत गरि १५ विद्यालयका छात्रछात्राले सहभागीता जनाएका छन् । प्रतियोगितामा विभिन्न बिधाका खेलकुदका कार्यक्रम समाबेश गरिने बताएको छ। उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले स्वागत मन्तव्य राख्दै,खेलकुदले मानिसकाे शारीरिक र मानसिक तन्दुरुस्ती मद्दत पुर्‍याउनुकासाथै , मानिसलाई अनुशासित बनाउने तर्क गरे ।