बारा,माघ- २१, सर्लाहीका क्रियाशील पत्रकार सोम दियाली नेपाल प्रेस युनियनको मधेश प्रदेशको उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

उनीसंगै सर्लाहीकै पुस्तिका केसी सचिव पदमा तथा मुकेश झा र राकेश गुप्ता प्रदेश कार्यसमिति सदस्यमा चयन भएका छन् ।
शनिवार बाराको कलैयामा सम्पन्न युनियनको प्रथम प्रदेश अधिवेशनबाट उपाध्यक्ष, सचिव र दुई सदस्यसहित सर्लाहीबाट ४ जनालाई प्रदेश कार्यसमितिमा पार्न अध्यक्ष कृष्ण थपलिया र आफू सफल भएको नेपाल प्रेस युनियन सर्लाहीका सचिव रामबाबु खड्काले बताए ।
अधिवेशनले युनियनको प्रदेश अध्यक्षमा बाराका सक्रिय पत्रकार सत्यप्रकाश श्रेष्ठलाई चयन गरेको छ भने उपाध्यक्षमा सप्तरीका धिरेन्द्र प्रसाद साह, समावेशी उपाध्यक्षमा सर्लाहीका सोम दियाली, महिला उपाध्यक्षमा सिराहकी रमिता नेपाल, महासचिवमा धनुषाका अजय कुमार साहलाई चयन गरेको छ । त्यसैगरी सचिवमा सन्तोष पाण्डे, समावेशी सचिवमा सर्लाहीकी पुस्तिका केसी, मनोज माझी र कोषाध्यक्षमा पर्साका रामउदास थारु चयन भएका छन् ।


त्यस्तै सदस्यहरुमा सर्लाहीका पत्रकारद्वय मुकेश झा र राकेश गुप्तासहित गिरीराज ओली, सिर्जना थापा, श्रवण साह, धिरेन्द्र श्रेष्ठ, विजय कुमार साह, संजीव कुमार साह, अजय कुमार साह, उत्तिमलाल कापरी, बब्लु चौधरी, शैलेन्द्र सिंह, नवीन चौधरी, दिपेश मल्लिक र नरेश चौधरी चयन भएका छन् ।
त्यसैगरी अधिवेशनले रन्जन खरेलको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको छ । लेखा समितिको सदस्यमा राहुल गुप्ता र प्रिंयका दास चयन भएका छन् ।
अधिवेशन प्रेस युनियन बाराको आतिथ्यता तथा केन्द्रीय कार्यसमितिको आयोजनामा कलैयास्थित करणराज पार्टी प्यालेसमा भएको थियो । अधिवेशनको उद्घाटन युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कुमार कर्णको अध्यक्षतामा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गरेका थिए । उद्घाटन सत्रलाई युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल लगायतले सम्बोधन गरेका थिए ।