सर्लाही,फागुन-७,जिल्लाकाे लालबन्दी नगरपालिका -४ मा नगर स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिकाकाे आर्थिक सहयोग तथा मुनाल सामुदायिक संस्था बरहथवाको आयोजना  भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा लालबन्दी नगरपालिकाका नगर प्रमुख  (मेयर) वासुदेव अधिकारीले नगरकाे  प्रगति विवरण प्रस्तुत गरेका थिए ।


मेयर अधिकारीले प्रगति विवरण प्रस्तुत गदै, शिक्षा, स्वास्थ्य, कृषि, सडक निर्माण तथा समाजिक सुधार लगायत ३७ वटा क्षेत्रमा काम भइरहेको बताए ।
उनका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म  कुल वार्षिक बजेटको चालु खर्च तर्फ ३५.४३ प्रतिशत, पुजीगत खर्च तर्फ  १०.४२ प्रतिशत खर्च भएको छ ।
जसमध्ये आन्तरिक स्रोत बाट ५७.९ प्रतिशत खर्च भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।


सार्वजनिक सुनुवाइ उठेका प्रश्नको जवाफ दिदै नगर प्रमुख अधिकारीले,नारायणखोलामा पक्की पुल निर्माण, विभिन्न विधालयहरुको भवन निर्माण,भूमिहीन सुकुम्बासी तथा ऐलानी जग्गाको नक्सांकन जग्गा वर्गीकरण योजना, कर्मचारीहरुको व्यवस्थापन, कृषि, सिचाइ र खानेपानीका संरचना निर्माण, शिक्षाको गुणस्तर सुधार तथा प्रधानाध्यापकहरुको व्यवस्थापन काम अघि बढाइएको बताए । 

मेयर अधिकारीले लालबन्दी १६ मा काठमाडौं विश्वविद्यालयसंगकाे समन्वयमा कृषि क्याम्पस सञ्चालनका अध्ययन पहल भइरहेको बताए । उनलेे प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा फागुनकाे दाेस्राे साताबाट  बिशेषज्ञसहितको सेवा शुभारम्भ हुने बताए ।
मेयर अधिकारीले निर्माण सम्पन्न नहुदै यश अधिका जनप्रतिनिधिले उद्घाटन गरेको लालबन्दी तरकारी थाेक बजार स्थित नजिकैको व्यावसायिक भवन अव चाडैं  सञ्चालनका गरिने ।
लालबन्दी १५ काे विद्यालयहरूका शिक्षक र विद्यार्थी बराेवर रहेका विद्यालय र अन्य न्यून विद्यार्थी संख्या कम रहेको भनी सार्वजनिक सुनुवाइ उठेको विषयकाे चाडैं सम्बाेधन गरिने बताए ।सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका  १,२ ,१६  र १७ बाहेक अन्य वडाका जनप्रतिनिधि तथा सचिवहरूले उपस्थिति रहेको थियो । वडाध्यक्षहरूले उठेका जिज्ञासाकाे जवाफ दिदै आ-आफ्नो वडाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
लालबन्दी नगरका स्थानीय, नगरका कर्मचारी संचारकर्मीहरुको सहभागीता रहेको कार्यक्रमकाे सञ्चालन मुनाल सामुदायिक संस्था प्रमुख एवम्  पत्रकार रामबाबु खडकाले गरेका थिए ।