सर्लाही, माघ-२०,लायन्स क्लवले आज एकसाथ सर्लाहीको हरिवन नगरपालिकाका पाँच स्थानमा सामाजिक कार्य गरेको छ ।


लायन्स क्लव सर्लाहीका अध्यक्ष चूडामणि वाग्लेका अनुसार क्लवले दुई स्थानमा ह्वील चियर, मानव सेवा आश्रममा भोजन, बाढिपीडित सुकुम्वासी स्कुलमा न्यानो कपडा वितरण गरेको हाे।

आजै लायन्सको सम्पर्क कार्यालय उद्घाटनसमेत गरिएको छ ।
लायन्स क्लव डिष्ट्रीक ३ सय २५ ई अन्तर्गत नववुद्ध, ग्रीनतारा र लियो नववुद्ध क्लवबाट लायन सुर्य वहादुर तमाङ, सुनिल अर्याल, सीता पुरी, दयावज्र लामा, चादनी मोक्तान र विश्व लामा सहितको टोली सामाजिक सहकार्यको लागि सर्लाही आएको थियो ।
हरिवन नगरपालिका वार्ड नम्वर ११मा नगर उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यमा विहान कार्यालय उद्घाटन गरिएको हाे । कार्यालय संचालनको लागि लायन रोशन वराईलीले निशुल्क रुपमा कोठा उपलव्ध गराएका अध्यक्ष वाग्लेले बताए ।
त्यस्तै मानव सेवा आश्रममा लायन रत्नमाया एवम् हरि वहादुर बलको २७ औ वैवाहिक उत्सवको अवसरमा भोजन गराइएको आश्रमले जनाएको छ ।
लायन्सले हरिवन नगरपालिका वार्ड नम्वर १० को वाडिपीडित सुकुम्वासी प्राविका १ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा अध्यक्ष सम्भु मैनालीले आफ्नो वडाको विद्यालयमा कपडा वितरण गरिदिएकोमा लायन्सको टोलीलाई धन्यवाद ज्ञापन गरे ।
लायन्सले हरिवन वडा नम्वर ११ का अध्यक्ष शेष मेहवुव रेजाको उपस्थितीमा स्थानीय स्नातक प्रथम वर्षका विद्यार्थी सनवर अलिलाई तीनपाग्रे साईकल अर्थात ह्वील चियर प्रदान गरेका छन् । त्यस्तै स्थानीयकाे उपस्थितीमा हरिवन वडा नम्वर ४ की ६५ वर्षिय शारीरिक अशक्त वुद्धिमाया स्याङतानलाई पनि ह्वीलचियर प्रदान गरिएको छ । शरिरको तल्लो भागमा नचल्ने उनीहरूले ह्वीलचियरले आफुहरुलाई सजिलो हुने भन्दै दातालाई धन्यवाद दिए।
काठमाडौंदेखि आएर सामाजिक कार्यमा योगदान गरिदिएको भन्दै अध्यक्ष वाग्लेले लायन्सको पाहुना टोलीलाई स्वागतकासाथ आभार प्रकट गरे ।