सर्लाही, फागुन -३, जिल्लाकाे बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटवल क्लव प्रवेश गरेको छ ।


बुधवार(आज) बागमती नगपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा ट्राईब्रेकरमा ५–३ गोल अन्तरले आयोजक बागमती यूवा क्लवलाई पराजित गर्दै मच्छिन्द्र फुटवल क्लव सेमिफाइनलमा प्रवेश भएको हो ।
निर्धारित ९० मिनेट र थप २० मिनेटको समय अवधिमा १–१ को बराबरी भएपछि खेलको निर्णय ट्राईब्रेकरबाट निकालिएको थियो ।
ट्राईब्रेकरमा आयोजक बागमतीका खेलाडि देवा लामा अभागि सावित भए । उन्ले प्रहार गरेको बल मच्छिन्द्रका गोल रक्षक बिशाल श्रेष्ठले सजिलै नियन्त्रणमा लिएका थिए ।
खेलको ५० औँ मिनेटमा खेलाडि राज भुसालको गोलबाट अग्रता कामय गरेको आयोजक बागमती सम्हालिएर खेल्न नसक्दा हार बेहोर्न बाध्य भयो ।
खेलको पहिलो हाफ निकै सघर्ष पूर्ण प्रदर्शन गरेको बागमतीका खेलाडिले दोस्रो हाफ पछि केही आकर्षक अवस्था सृजना गरेका थिए ।


दोस्रो हाफको केही समय आक्रामक बनेका बागमतीका खेलाडिले लयलाई निरन्तरता दिन सकेन्न । भने, आफुलाई लयमा फर्काएको मच्छिन्द्रका खेलाडि देवेन्द्र तामाङले खेलको ७९ औँ मिनेटमा बराबरी गोल गर्दै टिमलाई खेलमा र्फकाए । ट्राईबे्रकरमा नायक सावित भएका मच्छिन्द्रका गोल रक्षक बिशाल श्रेष्ठ म्यान अफ द म्याच घोषित हुदै ट्रफि र १० हजार नगद हात पार्न सफल भए ।
जितसँगै मच्छिन्द्रले सेमिफाईलनमा सुदुरपश्चिम–११ सगँको भेट पक्का गरेको छ । सुदुरपश्चिम–११, धनगढी प्रि क्वाटरफाइनलमा पाहुना टोली यूनाईटेड कुर्सेङ फुटलव क्लव दार्जलिङलाई र क्वाटरफाइनलमा चर्चब्वईजलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
यस्तै बिहिवारको पहिलो सेमिफाईनल खेलमा जावलाखेल यूथ क्लव ललितपुर र संकटा क्लव विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको हो ।