माघ-२७,जिल्लाको गोडैता नगरपालिकामा ६५ लाखको लागतमा ट्रष्ट ब्रिज निमार्ण हुने भएको छ ।
गोडैता नगरपालिका वडा नं ३ भगवतीपुर देखि भटौलिया जाने बाटोमा ट्रष्ट ब्रिज निमार्ण हुने भएको हाे। शुक्रवार एक कार्यक्रमका बीच ट्रष्ट ब्रिज (पुल)को गोडैता नगर प्रमुख देबेन्द्र यादवले शिलान्यास गरेका हुन ।


पुल निर्माण हुने भएपछी भगवतीपुर तथा भटौलियाका स्थानीय हर्षित भएका छन । भगवतीपुर तथा भटौलिया जोडने पुल नहुदा स्थानीय सास्ती खेप्न बाध्य थिए ।संघीय सरकारको सहयोगमा पुल निर्माण कार्य अघि बढाईएको गोडैता नगर प्रमुख यादवले बताए।


पुल नहुदा बर्खा याममा बाल बालिकाहरुलाई बिद्यालय जानसमेत समस्या थियो। पुल निर्माण पछि यस्ता समस्याको अन्त्य हुने नगर प्रमुख (मेयर) यादवले बताए।
आफ्नो प्रत्यक्ष निगरानीमा पुल निर्माणकाे काम तिब्र गतिमा अघि बढ्ने नगर प्रमुख यादवले विस्वास व्यक्त गरे ।ट्रष्ट (ब्रिज) पुल आगामी बैशाखबाट सञ्चालन हुने गोडैता नगरपालिकाले जनाएको छ ।