सर्लाही,फागुन—९,जिल्लाको कौडेना गाउँपालिका छपकहियामा आजे (मंगलवार) देखि ‘पञ्च कुण्डिय विष्णु महायज्ञ एवम् श्री राम कथा वाचन’ सुरु भएको छ ।
आजबाट सुरु भएको पंच कुण्डिय विष्णु महायज्ञ एवम् श्री राम कथा वाचनको उद्घाटनका क्रममा हेलिकप्टरबाट पुष्प वृष्टी गराइएको छ ।


छपकहियाका स्थानिय वासिन्दा समाजसेवी एवम् व्यापारी रामकेवल साह रौनियारले पंच कुण्डिय विष्णु महायज्ञको अवसरमा आफ्नो व्यक्तिगत खर्चमा हेलिकम्टरबाट पुष्प वृष्टी गराएका हुन ।


यज्ञको शुभारम्भको अवसरमा आज कलश यात्रा निकालिएको थियो । कलश यात्रामा महिला तथा कन्याहरुको ठूलो संख्यामा सहभागीता रहेको थियो ।


पञ्च कुण्डिय विष्णु महायज्ञ एवम् श्री राम कथा वाचन कार्यक्रम आजदेखि ९ दिन सम्म चल्ने आयोजकले जनाईएको छ ।
त्यस्तै यज्ञमा आज सहभागी भएका सम्पूर्ण व्यक्तिलाई मलङ्गवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवको सहयोगमा भोजन गराईएको छ ।