सर्लाही,माघ—४, जिल्लाको लालबन्दी नगरपालिका १४ नारायण खोलामा सर्लाही प्रहरीको संयुक्त टोलिले मंगलवार पुन: १२ बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नारायण खोलाको नौसय बिघा, मोटरदोभान लगायतका क्षेत्रमा स्थानीय किसानले लगाएको गाँजा खेती फडानी गरेको हो ।
प्रहरीले वर्षेनि झैँ यो पटक पनि पटकपटक नारायण खोला पुगेर गाँजा खेती नष्ट गरेको छ । जिल्लाको दुर्गम भेगमा पर्ने नारायण खोलामा प्रहरी गएर गाँजा खेती नष्ट गरिरहँदा स्थानीयहरुमा भने रुवावासी छ । बेच्ने बेला ठीक्क भएको गाँजा प्रहरी आएर नष्ट गरेपछि स्थानीयमा रुवावासी चलेको हो । आम्दानी राम्रो हुने देखेर स्थानीयले पछिल्लो ५÷६ वर्षदेखि गाँजा खेती गर्दै आइरहेका छन् । तर, नेपालको कानूनले गाँजा खेतीलाई प्रतिवन्ध लगाएको छ ।