लालबन्दी,पुस – २२, सर्लाहीको लालबन्दी नगरपालिकाको नवौँ नगरसभा अन्तर्गत विद्येयक अधिवेशन बैठक शुक्रवारबाट प्रारम्भ भएको छ ।
नगरप्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा सुरु भएको नवौँ अधिवेशन बैठकमा विभिन्न ६ वटा विद्येयक प्रस्तुत भएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलका अनुसार विद्येयक अधिवेशनमा भू–उपयोग ऐन, संस्था दर्ता ऐन, जलश्रोत ऐन, यातायात तथा सवारी विद्येयक, फोहोर मैला व्यवस्थापन विद्येयक र संगठन (कर्मचारी) व्यवस्थापन सर्वेक्षण विद्येयक प्रस्तुत भएको हो ।


उनका अनुसार विद्येयकहरुमाथि नगर सभाको अधिवेशनमा दफाबार छलफल भइ निर्णायार्थ प्रस्तुत गरिने छ । विभिन्न समितिको अध्यक्ष समेत रहेका वडाध्यक्षहरुले आ–आफ्नो समितिसँग सरोकार राख्ने विद्येयक प्रस्तुत गरेका हुन् । नगरसभाको नवौँ अधिवेशनको अर्को बैठक पुस २६ गते बस्ने छ । लालबन्दी–१०, स्थित इमर्जेन्सी सेल्टरको भवनमा शुक्रवार सुरु भएको नगरसभा उद्घाटन समारोहमा उपप्रमुख कल्पनामाया पाख्रिन, विभिन्न वडाका वडाध्यक्ष, नगरसभा सदस्यलगायतको उपस्थिति रहेको थियो ।