सर्लाही,माघ-४,जिल्लाकाे लालबन्दीमा नेक्स्ट पाेइन्ट एजुकेशन इन्स्टिट्यूटकाे शुभारम्भ गरिएको छ ।
बुधवार (आज) सर्लाही क्षेत्र नं-१(ख) की  सांसद बेची लुंगेली र लालबन्दीका मेयर वासुदेव अधिकारीले रिवन काटेर इन्स्टिट्यूटकाे शुभारम्भ  गरेका हुन ।


उद्घाटन गर्दै , कार्यक्रमकि प्रमुख अतिथि वेची लुंगेलीले दैनिक सयाैंकाे संख्यामा अध्ययनका लागि बाहिर गइरहेका विद्यार्थीहरू इन्स्टिट्यूट सञ्चालनमा आएपछि लाभान्वित हुनेमा विस्वा व्यक्त गरिन् । कम आयस्रोत  भएकाले पनि सेवा लिन सक्ने भएकाले प्रभावकारी सिद्ध हुने सांसद लुंगेलीकाे भनाइ थियो ।उनले एजुकेशन इन्स्टिट्यूटका कारण  विदेशी नागरिकले नेपाल पढ्न सक्ने वातावरण बन्नु खुसिकाे कुरा रहेको बताइन् ।
कार्यक्रमका विष्ट अतिथि लालबन्दी नगरपालिका का प्रमुख वासुदेव अधिकारीले कतिपय मान्छेले हाम्रो शिक्षा प्रणालीलाई बेवास्ता गरिरहदा विदेशी अध्ययनका लागि आउनु खुसिकाे विषय रहेको तर्क गरे ।उनलेे संस्थाहरू  विदिवत रूपमा दर्ता भई सञ्चालनमा आउदा सेवा सुविधा समेत प्राप्त गर्न सक्ने बताए ।
कार्यक्रममा नेक्स्ट पाेइन्ट कन्सलटेन्सी चितवनका प्रमुख  केशव सेडाईले इन्स्टिट्यूटकाे उद्देश्य माथि प्रकाश पार्दै नेक्स्ट पाेइन्ट एजुकेशन लालबन्दीले  समन्वय गरेर उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने र विदेशबाट नेपाल अध्ययनका लागि आउनेहरूलाई  शैक्षिक परामर्श दिने बताए ।
सेडाईले ,आफुहरूकाे समन्वयमा म्यानमार जर्मन ,नर्भेबाट अध्ययनका लागि विद्यार्थीहरू आउने गरेको बताए । उनले म्यानमारबाट नेपाली पढ्काे लागि र अन्य देशबाट  संस्कृत र बुद्ध दर्शनकाे अध्ययन गर्न विदेशीहरू आउने गरेको बताए ।
लालबन्दीमा नेक्स्ट पाेइन्ट एजुकेशन इन्स्टिट्यूटका प्रमुख लक्ष्मी (खरेल)थपलियाकाे अध्यक्षता सम्न कार्यक्रममा लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पना माया पाख्रीन ,लालबन्दी -७ का वडाध्यक्ष कृष्ण कार्की ,नेपाल हृदय राेग प्रतिष्ठा सर्लाहीका  अध्यक्ष बाबूकाजी प्रधान प्याब्सन  सर्लाही अध्यक्ष निर्मल आचार्य ,राधाकृष्ण रामजानकी वैदिक  गुरूकुलमका अध्यक्ष मधव खरेल,समाजसेवी कुवेर आचार्य ज्ञानु गाेले लगाएको उपस्थित रहेको थियो ।