संस्था द्वारा ठगिमा परेका सदस्यहरु । (तस्बीर :कृष्ण थपलिया)

कृष्ण थपलिया/सर्लाही
माघ—१०, मिटर व्याजिबाट सास्ति खेपेका सर्लाहीका नगरिक यतिबेता सहकारीबाट पनि ठगिन थालेका छन् । यहाँका कतिपय सहकारीले आफ्ना शेयर सदस्यहरुले बचत गरेको रकम फिर्ता गरेका छैन्न, भने कतिपय सहकारी बन्द गरेर सञ्चालक फरार भएका छन् ।


त्यस्तै मध्य जिल्लाको ईश्वरपुर नगरपालिका–४मा रहेको समाज सेवी कृषि सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यको घितो माथि खेलवाडा गरेको पाइएको छ ।
सहकारीमा आफुहरुले ऋण लिन दिएको धितो पुरै ऋण चुक्ता गरिसक्दा पनि फुकुवा नगरे पछि आफुलाई रातमा निन्द्रासमेत लाग्न छाडेको संस्थाकमा ऋणी भरत महतोले चियोचर्चो खबरसँग बताए ।
हरिपूर्वा घर भएका महतोले श्रीमती रामदुलारी महतोको नममा बरहथवामा पक्कि घरसमेत भएको डेढ कठ्ठा जग्गा सहकारीमा घितो राखेको बताए । आफुले लिएको पुरै ऋण चुक्ता गरि जग्गा फुकुवा माग्न जादा सहकारीले नक्कली फुकुवा कागज दिएको महतोले बताए ।
यस्तो छ, नक्कली फुकुवा कागज:-


आफुले पुरै रकम चुक्ता गरि सक्दा पनि समयमै ऋण तिर्न आउनु अन्यथा घितो लिलाम हुन्छ, भन्ने सुचना राष्ट्रिय सहकारी बैंक हरिवनबाट आए पछि आफुले पाएको फुकुवा कागज नक्कली भएको थाहा पाएको महतोले बताए । “त्यस पछि त भोक निन्द्रा हराएयो”, महतोले भने । महतो जस्ता दर्जन बढि सदस्यसँग धितो लिएर सहकारीका अध्यक्ष गंगा प्रसाद महतोले राष्ट्रिय सहकारी बैंकमा पुनः धितोराखी सहकारीको नाममा डेढ करोडको हारारीमा ऋण लिएका पाइएको छ ।
सहकारी अध्यक्ष महोले संस्थाको नाममा सदस्यहरुले दिएको धितो पुन ः राखेर लिएको रकमले २० बिगाह जग्गा किनी पोखरी खनेर रकमको दुरुपयो गरी समयमा नतिरी दिदा आफुहरु रुनुन हास्नुको अवस्तामा पुगेको ईश्वरपुर –९ रामनगर की सोविता कुमारी चौधरीले बताईन ।
सोही ठाउकी देउबती देवी , शिव दुलारी देवी र दरेशी महतोको पनि उस्तै बेथा छ । ईश्वरपुर –११ करमुहानका राशबिहारी महतो ईश्वरपुर –११ पार्वती कुमारी पासवान र भिखारी रायलाई पनि संस्थाले यहि हालतमा पुर्याएको छ । यस विषयमा बुझ्न संस्थका अध्यक्ष गंगा महतोसंग पटकपटक फोन प्रयास गर्दा उनि सम्पर्कमा आएन्न ।