सर्लाही,मंसिर -८ सर्लाहीकाे क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका ´बागी` स्वतन्त्र उम्मेद्वार  अमरेश कुमार सिंह विजयी भएका छन् ।
माछा चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका  डा.सिंहले
२००१७ मत प्राप्त गरेका छन् । उनका  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस सर्लाहीका पूर्व उपसभापति नागेन्द्र कुमार रायले १८२५२ मत प्राप्त गरेका छन् ।


त्यस्तै अर्की स्वतन्त्र उम्मेदवार मधुमाला यादव (चपाकल)ले १४५८६ मत प्राप्त गरेकी छिन् ।
डा. सिंह याे सहित तेस्रो पटक सांसद चुनिएका हुन।उनी नेपाली कांग्रेसबाट लगातार दुई पटक सांसद भएका थिए। भने एक पटक मनोनीत सांसद समेत चुनिएका  थिए ।
सर्लाहीमा प्रतिनिधि सभा तर्फ क्षेत्र नं.१बाट रामप्रकाश चाैधरी
प्रदेश सभा तर्फ ७  सदस्यकाे अन्तिम मत परिणाम सार्वजनिक भएकाे छ ।
सर्लाही १ काे ख मा नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र क मा लाेकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महताे विजयी भएका छन् भने क्षेत्र नं.२ क मा जंगीलाल राय(आधिकारिक घाेषणा बाकी ) ३ ख मा जसपाका संजय कुमार यादव  क्षेत्र नं. ३(क) मा जेब्रा चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका जवाहरलाल कुस्वाह  र सर्लाही क्षेत्र नं. ४ क मा कांग्रेसका वीरेन्द्र प्रसाद सिंह र (ख )मा माओवादी केन्द्रका फकिरा महताे विजयी भएका  छन् ।