रौतहट,कार्तिक- २५, नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवसहित गठबन्धनका उम्मेदवारले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भारी मतले जित हासिल गर्ने नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य ध्रुव रिजालले बताएका छन् ।


शुक्रवार गढिमाई नगरपालिका वडा नं ६ सिंगारमन धर्मपुरमा गठबन्धनद्वारा आयोजित चुनावी सभामा सहभागी हुन पुगेका युवा नेता रिजालले गठबन्धनका उम्मेदवार यादव तथा गठबन्धनप्रति जनताको बिश्वास र आकर्षण बढेकाले जित सुनिश्चित रहेकाले बताए ।


उनले सर्लाही क्षेत्र नं. १ मा पनि गठबन्धनका साझा उम्मेदवार रामप्रकाश चाैधरीले संघीय सांसद ,बेची लुङ्गेलीले प्रदेश (ख) र उप्रेन्द्र महताेले (क) मा भारी मतका साथ जित हासिल गर्ने बताए । नेता रिजालले नेपाली कांग्रेसले समग्र सर्लाही सहित मधेस प्रदेमै समानुपातिक तर्फ अत्याधिक मत प्राप्त गर्ने बिस्वास व्यक्त गरे ।
गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापी रुपमा आतुर रहनुले पनि गठबन्धनकले जीतने आधार तय भएको उनको बुझाई छ ।


नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले गरेका राम्रा काम र नेपाली कांग्रेस देशकै पुरानो प्रजातान्त्रिक शक्ति भएका कारण जनताले कांग्रेसलाई रुचाउनु स्वभाविक रहेको नेता रिजालको तर्क छ ।गठबन्धनको भावनालाई बुझेर सबैले उम्मेदवारलाई जिताउने तर्फ लाग्नुपर्ने उनको भनाइ छ ।


प्राप्त उपलब्धिको रक्षा गर्दै , संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि पनि वर्तमान सत्ता गठबन्धनका उम्मेदवारहरू विजय हुनुपर्ने उनको तर्क छ ।