प्रतिकात्मक तस्विर ।

हरिपूर्वा, साउन १६ – जिल्लाको हरिपूर्वामा एक युवकको बीभत्स ढङ्गले हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
हरिपूर्वा नगरपालिका–३, धनकौलका १८ वर्षका सुशीलकुमार यादवको हत्या भएको हो ।


सुशीलको शव सोमवार बिहान गाउँकै आधारभूत विद्यालयको चर्पी निर्माणका लागि खनिएको खाल्डोभित्र फेला परेको प्रहरीले जनाएको छ ।
धारिलो हतियारले घाँटी रेटिएको र छिनोले आँखामा प्रहार गरेर हत्या गरिएको अवस्थामा सुशीलको शव फेला परेको सर्लाही प्रहरी प्रवक्ता
प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । धारिलो हतियारले घाँटी रेटेको र छिनोले आँखामा प्रहार गरेर पछाडिसम्म
निकालेको देखिन्छ,’ यादवले भने ।


डीएसपी यादवले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।
भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर फिरेका थिए । सुशील गएको शुक्रवारदेखि नै घरबाट बेपत्ता भए पनि परिवारले प्रहरीमा भने खबर गरेका थिएनन् ।
परिवारका सदस्यले सुशील पुनः कामका लागि भारत नै गएको हुनसक्ने भनी बेपत्ता भएको
खबर नगरेको प्रहरीलाइ जनाएको छ ।
बिहान शव फेला परेपछि मात्रै सुशील चार दिनअघि देखि नै बेपत्ता रहेको खुल्न आएको डीएसपी यादवले बताए ।
मृतकको शव कीराले खान थालिसकेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।