प्रतिकात्मक तस्बिर ।

सर्लाही,जेठ-२१, जिल्लाकाे पर्सा गाउँपालिका-६ का शम्भु राम महराकी ७ वर्षीया छोरी पिंकी कुमारी महराकाे पाेखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।


शुक्रवार दिउँसाे ४ बजे बाख्रा चराउन गएकी पिंकी साँझ अबेरसम्म घर नआएपछि परिवारले खाेजतलास सुरू गरेका थिए ।
खाेज्दै जानेक्रममा स्थानीय संतोष साहको पोखरीमा डुबेर मृत अवस्थामा बालिकाको शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकृत प्रनाउ बिजय यादवले जानकारी दिए ।
बालिकाकाे शव पाेष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याईएकाे छ ।