काठमाण्डाै,चैत -४,शाख ३० गते हुने स्थानीय तहको निर्वाचन निर्वाचनका लागि आयोगले स्थानीय तह निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।

स्वीकृत निर्वाचन कार्यतालिका अनुसार २०७९ साल वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकेको छ ।
त्यस्तैवैशाख १२ गते दर्ता भएको उम्मेदवारको मनोनयनपत्रको सूची प्रकाशन र वैशाख १३ गते उम्मेदवार उपर दाबी विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गर्दै वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको आयो ले जनाएको छ।


त्यस्तै वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। आयोगद्वारा प्रस्तावित सम्पूर्ण कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने विज्ञप्तिमा उल्लेख छ।