सर्लाही,चैत -१७, उपराष्ट्रपति नन्द बहादुर पुनले सहिदको बलिदान बाट देशमा ऐतिहासिक परिवर्तन भएको बताएका छन् ।समुन्नत राष्ट्र निर्माण र परिवर्तनको श्रेय,सहिद र उनका परिमा जाने उपराष्ट्रपति पुनको भनाइ थियोे ।


सर्लाहीको बरहथवा नगरपालिका -२ हजरियामा आयाेजित जनयुद्धका सहिद/ मृतक परिवारहरूलाई सम्मान तथा चेक हस्तान्तरण समारोह मा बाेल्दै,उपराष्ट्रपति पुनले यस्तो बताएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि पुनले सहिदले पुर्याएकाे याेगदा प्रति सम्मान व्यक्त गर्दै ,सहिद कसैको नहुने तर्क गरे । उनलेे मुलुकाे परिवर्तनका लागि आफ्नो प्राण उत्सर्ग गर्ने सहिद राष्ट्रियकाे निधि रहेकाे चर्चा गरे ।


सहिदको सपना पूरा गर्नु सवै तह र राज्यको दाइत्व हुने उनको भनाइ थियो ।
उपराष्ट्रपति पुनले मधेस सरकारले ल्याएको बेटी बचाउ बेटिपढाउ लगाएतका विभिन्न कार्यक्रमहरू उत्कृष्ट रहेको बताउदै यसबाट अन्य प्रदेशले पनि सिक्नुपर्ने बताए । बाल बिवाहा ,अन्धविश्वास याँहाकाे बिकाशकाे बाधक रहेकाे उपराष्ट्रपति पुनले बताए ।
मधेशी सहिद प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले सर्लाहीकाे चुरे क्षेत्रमा मधेस जनसरकार गठन गरेको स्मरण गर्दै ,परिवर्तन का लागि बलिदान गरेका सहिद परिवारलाई विभिन्न खालका सहयोग गरिने बताए ।

उनलेे सहिद परिवारलाई सिपमुलक तालिम दिएर देशभित्र र देश बाहिर राेजगारी सृजना गरिने बताए ।
कार्यक्रममा पूर्व मन्त्री रामेश्वर राय, नेकपा माओवादी केन्द्रका प्रदेश संयाेजक प्रल्हाद बुढाथोकी,सहिद परिवारका राजकुमार यादव लगाएका वक्ताहरूले सहिदहरूकाे सम्मानमाले महत्त्वपूर्ण भुमिका खेलेको र अरू प्रदेशले पनि यस्ता कार्यक्रम गर्नुपर्नेमा जाेड दिए । वक्ताहरूले अहिले पनि सहिदहरूकाे सपना साकार नभएको तर्क गर्दै ,अझ धेरै कामगर्न बाकी रहेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै ,मधेस सरकारकाे आन्तरिक मामला तथा सञ्चार राज्य मन्त्री रूवी कर्णले प्रदेशमा चुनाैती र सम्भावना धेरै रहेको बताइन् । उनीले ऐतिहासिक जनआन्दोलनमा प्रदेशका नागरिकको महत्त्वपूर्ण याेगदान रहेको चर्चा गर्दै,प्रदेशले पाउनु पर्ने अधिकार नपाएको बताउदै, अधिकार प्राप्तिका लागि संघर्ष गर्न मधेस प्रदेश कहिले पछाडि नपर्ने र कसैसँग नझुक्ने बताईन
मधेशी सहिद प्रतिष्ठानले सर्लाहीका ६१ जना सहिदका परिवारलाई जनही १ लाख नगद र सम्मान पत्रद्वार सम्मान गरेको छ । आज उपराष्ट्रपति पुनले ६१ जनालाई वितरण गरिएको नगद सहित प्रदेश भरि का ५४२ जना सहिदका परिवारले राहत प्राप्त गरेका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव एवम् कार्यक्रमका सञ्चालक रामकुमार महताेले जानकारी दिए ।